Online Nepal आइतबार, जेष्ठ ६ २०८१

उपत्यकामा कोरोना संक्रमण तिब्र, एकैदिन २५४० जना संक्रमित, काठमाडौंमा मात्रै २०८५ जनामा संक्रमण

उपत्यकामा कोरोना संक्रमण तिब्र, एकैदिन २५४० जना संक्रमित, काठमाडौंमा मात्रै २०८५ जनामा संक्रमण


मध्यान्तर संवाददाता
  • बिहिबार, असोज २२ २०७७

  • काठमाडौं । काठमाडौं उपत्यकामा थप २५४० जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले सार्वजनिक गरेको विवरण अनुसार उपत्यकामा उल्लेखित संख्या अहिलेसम्मकै सर्वाधिक हो ।

    बिहीबार स्वास्थ्य मन्त्रालयले दिएको जानकारीका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौंमा २०८५, भक्तपुरमा १३५ र ललितपुरमा ३२० सय जनालाई संक्रमण पुष्टि भएको छ ।

    त्यस्तै पछिल्लो २४ घण्टामा देशभर ४ हजार ३६४ कोरोनाका संक्रमित थपिएका छन् । आज थपिएको संख्यासहित हालसम्म देशभर संक्रमित हुनेको कुल संख्या ९८ हजार ६१७ पुगेको मन्त्रालयले जनाएको छ ।

    त्यस्तै यस अवधिमा २ हजार ६७५ जना कोरोनाबाट निको भएका छन् । यीसहित हालसम्म कोरोनाबाट निको हुनेको संख्या ७१ हजार ३४३ पुगेको डा. गौतमले जानकारी दिए । देशभर हाल सक्रिय संक्रमितको संख्या २६ हजार ६८४ रहेको मन्त्रालयले सार्वजनिक गरेको विवरणमा उल्लेख छ ।

    पछिल्लो २४ घण्टामा थप १२ जनाको कोरोनाबाट मृत्यु भएको छ भने योसहित हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ५ सय ९० पुगेको मन्त्रालयले जनाएको छ ।

    प्रतिक्रिया
    थप समाचार