Online Nepal आइतबार, जेष्ठ ६ २०८१

पछिल्लो २४ घण्टामा देशैभर २०५९ जनामा कोरोना संक्रमण, १६८० जनाले कोरोना जिते

पछिल्लो २४ घण्टामा देशैभर २०५९ जनामा कोरोना संक्रमण, १६८० जनाले कोरोना जिते


मध्यान्तर संवाददाता
  • शुक्रबार, असोज २३ २०७७

  • फाइल तस्बिर

    काठमाडौं । पछिल्लो २४ घण्टामा देशैभर २ हजार ५९ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले शुक्रबार सार्वजनिक गरेको विवरण अनुसार उल्लेखित संख्यामा कोरोना पुष्टि भएको हो । यो हित संक्रमित हुनेको कुल संख्या १ लाख ६७६ पुगेको डा. गौतमले जानकारी दिए ।

    संक्रमितमध्ये काठमाडौं उपत्यकामा मात्रै १ हजार ४०९ जना रहेका मन्त्रालयले उल्लेख गरेको छ । जहाँ काठमाडौँमा १ हजार ११६, भक्तपुरमा १३० र ललितपुरमा १६३ जना सक्रमित थपिएका हुन् ।

    त्यस्तै कोरोनाबाट निको हुनेको संख्या ७३ हजार २३ पुगेको छ। पछिल्लो २४ घण्टामा थप १ हजार ६८० जना कोरोनाबाट मुक्त भएको मन्त्रालयले जनाएको छ । हाल देशभर सक्रिय संक्रमित २७ हजार ५३ रहेका छन् । यसैगरी आज संस्थागत आइसोलेशनमा ११ हजार १७६ जना र होम आइसोलेशनमा १५ हजार ८७७ जना रहेका छन् ।

    त्यस्तै पछिल्लो २४ घण्टामा थप १० जनाको कोरोनाबाट मृत्यु भएको मन्त्रालयले जनाएको छ । योसहित कोरोनाबाट मृत्यु हुनेको संख्या ६ सय पुगेको छ ।

    पछिल्लो २४ घण्टामा थप १३ हजार २७९ जनाको पिसिआर परीक्षण भएको छ भने हालसम्म ११ लाख ४५ हजार जनाको पिसिआर परीक्षण भएको मन्त्रालयले जनाएको छ ।

     

     

    प्रतिक्रिया
    थप समाचार