Online Nepal आइतबार, जेष्ठ ६ २०८१

उपत्यकामा २४ घण्टाभित्र १४०९ जना कोरोना संक्रमति थपिए, काठमाडौंमा मात्रै १११६ जना संक्रमित

उपत्यकामा २४ घण्टाभित्र १४०९ जना कोरोना संक्रमति थपिए, काठमाडौंमा मात्रै १११६ जना संक्रमित


मध्यान्तर संवाददाता
  • शुक्रबार, असोज २३ २०७७

  • काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १ हजार ४ सय ९ जना नयाँ संक्रमति थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले शुक्रबारको नियमित प्रेस ब्रिफिङमार्फत उल्लेखित संख्यामा कोरोना पुष्टि भएको जानकारी दिएका हुन् ।

    गौतमका अनुसार विभिन्न प्रयोगशालामा परिक्षण गर्दा काठमाडौं १११६, भक्तपुर १३० ललितपुर १६३ गरी उपत्यकामा १ हजार ४ सय ९ जना नयाँ संक्रमति फेला परेका हुन् ।

    त्यस्तै पछिल्लो २४ घण्टामा देशैभर २ हजार ५९ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको डा. गौतमले जानकारी दिए । योसहित संक्रमित हुनेको कुल संख्या १ लाख ६७६ पुगेको छ ।

    त्यस्तै कोरोनाबाट निको हुनेको संख्या ७३ हजार २३ पुगेको छ । पछिल्लो २४ घण्टामा थप १ हजार ६८० जना कोरोनाबाट मुक्त भएको मन्त्रालयले जनाएको छ । हाल देशभर सक्रिय संक्रमित २७ हजार ५३ रहेका छन् । यसैगरी आज संस्थागत आइसोलेशनमा ११ हजार १७६ जना र होम आइसोलेशनमा १५ हजार ८७७ जना रहेका छन् ।

    त्यस्तै पछिल्लो २४ घण्टामा थप १० जनाको कोरोनाबाट मृत्यु भएको मन्त्रालयले जनाएको छ । योसहित कोरोनाबाट मृत्यु हुनेको संख्या ६ सय पुगेको छ ।

    पछिल्लो २४ घण्टामा थप १३ हजार २७९ जनाको पिसिआर परीक्षण भएको छ भने हालसम्म ११ लाख ४५ हजार जनाको पिसिआर परीक्षण भएको मन्त्रालयले जनाएको छ ।

     

     

    प्रतिक्रिया
    थप समाचार