Online Nepal आइतबार, जेष्ठ ६ २०८१

एकैदिन १० जनाले ज्यान गुमााए, अहिलेसम्म ६ सय को मृत्यु

एकैदिन १० जनाले ज्यान गुमााए, अहिलेसम्म ६ सय को मृत्यु


मध्यान्तर संवाददाता
  • शुक्रबार, असोज २३ २०७७

  • इन्टरनेटबाट सांकेतिक तस्वीर

    काठमाडौं । देशैभर पछिल्लो २४ घण्टामा थप १० जनाको कोरोनाबाट मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले शुक्रबारको नियमित प्रेस ब्रिफिङमार्फत उल्लेखित संख्यामा मृत्यु भएको जानकारी दिएका हुन् । योसहित कोरोनाबाट मृत्यु हुनेको संख्या ६ सय पुगेको छ ।

    त्यस्तै मन्त्रालयले सार्वजनिक गरेको विवरण अनुसार पछिल्लो २४ घण्टामा देशैभर २ हजार ५९ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको डा. गौतमले जानकारी दिए । योसहित संक्रमित हुनेको कुल संख्या १ लाख ६७६ पुगेको छ ।

    पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १ हजार ४ सय ९ जना नयाँ संक्रमति थपिएका छन् । गौतमका अनुसार विभिन्न प्रयोगशालामा परिक्षण गर्दा काठमाडौं १११६, भक्तपुर १३० ललितपुर १६३ गरी उपत्यकामा १ हजार ४ सय ९ जना नयाँ संक्रमति फेला परेका हुन् ।

    त्यस्तै कोरोनाबाट निको हुनेको संख्या ७३ हजार २३ पुगेको छ । पछिल्लो २४ घण्टामा थप १ हजार ६८० जना कोरोनाबाट मुक्त भएको मन्त्रालयले जनाएको छ । हाल देशभर सक्रिय संक्रमित २७ हजार ५३ रहेका छन् । यसैगरी आज संस्थागत आइसोलेशनमा ११ हजार १७६ जना र होम आइसोलेशनमा १५ हजार ८७७ जना रहेका छन् ।

    पछिल्लो २४ घण्टामा थप १३ हजार २७९ जनाको पिसिआर परीक्षण भएको छ भने हालसम्म ११ लाख ४५ हजार जनाको पिसिआर परीक्षण भएको मन्त्रालयले जनाएको छ ।

     

     

    प्रतिक्रिया
    थप समाचार