Online Nepal आइतबार, जेष्ठ ६ २०८१

देशैभर पछिल्लो २४ घण्टामा ४०४७ जनामा कोरोना संक्रमण, १४७३ जना संक्रमणमुक्त

देशैभर पछिल्लो २४ घण्टामा ४०४७ जनामा कोरोना संक्रमण, १४७३ जना संक्रमणमुक्त


मध्यान्तर संवाददाता
  • सोमबार, असोज २६ २०७७

  • फाइल तस्बिर

    काठमाडौं । देशैभर पछिल्लो २४ घण्टामा ४ हजार ४७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले सोमबारको नियमित प्रेस ब्रिफिङमार्फत उल्लेखित संख्यामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए । योसँगै संक्रमितको कुल संख्या १ लाख ११ हजार ८०२ पुगेको मन्त्रालयले जनाएको छ ।

    काठमाडौं उपत्यकामा मात्रै २ हजार २८३ जना नयाँ संक्रमित थपिएका छन् । जसमा काठमाडौंका १ हजार ८८८, ललितपुरका २७७ र भक्तपुरका ११८ जना रहेको प्रवक्ता डा. गौतमले जानकारी दिए ।

    कोरोना संक्रमितमध्ये ६४५ जनाको मृत्यु भइसकेको छ भने ७७ हजार २७७ जना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टमा मात्र १४७३ जना संक्रमणमुक्त भएको मन्त्रालयले उल्लेख गरेको छ ।

    देशभर ३३ हजार ८८० संक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।

    प्रतिक्रिया
    थप समाचार