Online Nepal आइतबार, जेष्ठ ६ २०८१

उपत्यकामा एकैदिन १७४६ जना कोरोना संक्रमित थपिए, काठमाडौंमा मात्रै १४५१ जना संक्रमित

उपत्यकामा एकैदिन १७४६ जना कोरोना संक्रमित थपिए, काठमाडौंमा मात्रै १४५१ जना संक्रमित


मध्यान्तर
  • शनिबार, कार्तिक १ २०७७

  • काठमाडौं । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा १ हजार ७४६ जना कोरोनाका संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले शनिबारको नियमित प्रेसब्रिफिङमार्फ उल्लेखित संख्यामा कोरोना संक्रमित भएको जानकारी दिएका हुन् । उनका अनुसार काठमाडौंमा १४५१ जना, भक्तपुरमा १४३ र ललितपुरमा १५२ जना नयाँ संक्रमित थपिएका हुन् ।

    त्यस्तै देशैभर पछिल्लो २४ घण्टामा ३ हजार १६७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै कुल संक्रमितको संख्या १ लाख २९ हजार ३०४ जना पुगेको मन्त्रालयले जनाएको छ ।

    हाल देशभर ३८ हजार ७३७ जना सक्रिय संक्रमित रहेको डा. गौतमले बताए । आजको तथ्यांक अनुसार १३ हजार २९९ जना संस्थागत आइसोलेसनमा रहेका छन् भने बाँकी होम आइसोलेसनमा छन् । हाल क्वारेन्टाइनमा रहनेको संख्या ४ हजार ७१५ छ । हालसम्म १५ लाख ४३८ जनाको पिसिआर परीक्षण भएको मन्त्रालयले जनाएको छ ।

    त्यस्तै पछिल्लो २४ घण्टामा १८ सय जना कोरोना संक्रमणमुक्त भएको मन्त्रालयले जानकारी दिएको छ । योसँगै कोरोनामुक्त हुनेको संख्या ८९ हजार ८४० जना पुगेको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १२ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाले मृत्यु हुनेको संख्या ७२७ पुगेको छ ।

    प्रतिक्रिया
    थप समाचार