Online Nepal आइतबार, जेष्ठ ६ २०८१

कोरोना संक्रमितको होम आइसोलेशनमा मृत्यु भए परिवारले नै शव व्यवस्थापन गर्नुपर्ने

कोरोना संक्रमितको होम आइसोलेशनमा मृत्यु भए परिवारले नै शव व्यवस्थापन गर्नुपर्ने


मध्यान्तर संवाददाता
  • आइतबार, कार्तिक २ २०७७

  • काठमाडौं । सरकारले कोरोना संक्रमितको होम आइसोलेसनमा रहँदा मृत्यु भए परिवारले नै शव व्यवस्थापन गर्नुपर्ने नियम ल्याएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमणबाट मृत्यु भएकाहरुको शव व्यवस्थापनसम्बन्धी निर्देशिका संशोधन गर्दै होम आइसोलेसनमा रहँदा मृत्यु भए परवारले नै शव व्यवस्थापन गर्नुपर्र्ने नियम गरेको हो ।

    नयाँ व्यवस्था अनुसार कुनै व्यक्तिको होम आइसोलेसनमा मृत्यु भएमा स्थानीय प्रतिनिधि र प्रहरीलाई खबर गर्नुपर्ने प्रावधान राखेपनि शव व्यवस्थापनको काम भने मृतकका आफन्तहरुले नै गर्नुपर्नेछ ।

    शव व्यवस्थापन गर्दा पन्जा, मास्क, पूरा बाहुला भएका गाउन प्रयोग गरेर शवलाई र्‍याप गर्ने र बडी ब्यागमा राख्ने, शव बाहनमा राख्ने वा खटमा बोकेर घाटसम्म पुर्‍याउने काम पनि मृतकका आफन्तहरुले नै गर्नुपर्ने संशोधित मापदण्डमा उल्लेख छ । यसअघि कोरोनाबाट मृत्यु भएकाहरुको शव व्यवस्थापन नेपाली सेनाले गर्दै आएको थियो ।

    प्रतिक्रिया
    थप समाचार