Online Nepal आइतबार, जेष्ठ ६ २०८१

उपत्यकामा थप १६९८ जनामा कोरोना संक्रमण, काठमाडौंमा मात्रै १४६९ जना संक्रमित

उपत्यकामा थप १६९८ जनामा कोरोना संक्रमण, काठमाडौंमा मात्रै १४६९ जना संक्रमित


मध्यान्तर संवाददाता
  • आइतबार, कार्तिक २ २०७७

  • काठमाडौं । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप १६ सय ९८ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले आइतबार सार्वजनिक गरेको विवरण अनुसार उल्लेखित संख्यामा संक्रमित थपिएका हुन् ।

    काठमाडौंमा १४६९ , ललितपुरमा ९९ र भक्तपुरमा १३० गरी १६ सय ९८ जनामा संक्रमण देखिएको मन्त्रालय प्रवक्ता डा. गौतमले जानकारी दिए ।

    त्यस्तै देशैभर पछिल्लो २४ घण्टामा थप २ हजार ९४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसहित हालसम्म संक्रमित हुनेको संख्या १ लाख ३२ हजार २४६ पुगेको मन्त्रालयले जानकारी दिएको छ ।

    त्यस्तै आइतबारको तथ्यांक अनुसार २ हजार ३२६ जना कोरोनाबाट मुक्त भएका छन् । योसहित हालसम्म कोरोनाबाट निको हुनेको कुल संख्या ९२ हजार १६६ पुगेको छ । हाल देशभर सक्रिय संक्रमितको संख्या ३९ हजार ३४१ रहेको मन्त्रालयले जनाएको छ ।

    आइसीयूमा ३०१ र ६६ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ । २४ घण्टाभित्र थप १२ जनाको कारोना संक्रमणबाट मृत्यु भएको छ । योसहित हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ७३९ पुगेको मन्त्रालयले जनाएको छ ।

    मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा १४ हजार ८७५ नमूनाको पीसीआर परीक्षण भएको छ।

    प्रतिक्रिया
    थप समाचार