Online Nepal आइतबार, जेष्ठ ६ २०८१

बिराटनगरमा अस्पताल संचालकसहित ४ जनाको कोरोना संक्रमणबाट मृत्यु

बिराटनगरमा अस्पताल संचालकसहित ४ जनाको कोरोना संक्रमणबाट मृत्यु


मध्यान्तर
  • सोमबार, कार्तिक ३ २०७७

  • इन्टरनेटबाट सांकेतिक तस्वीर

    मोरङ । बिराटनगरमा कोरोना संक्रमणबाट अस्पताल सन्चालकसहित थप चार जनाको मृत्यु भएको छ । आइतबार करिब ११ बजेदेखि सोमबार बिहानसम्म चार जनाको मृत्यु भएको हो ।

    नोबेल मेडिकल कलेजमा दुई जना, कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्र बिराटनगर र न्यूरो अस्पतालको कोभिड–१९ अस्पतालमा एक–एक जनाको मृत्यु भएको हो । मृतकमध्ये एकजना अस्पताल सञ्चालक हुन् ।

    न्युरो अस्पतालको कोभिड अस्पतालमा उपचारका क्रममा आज विहान मृत्यु भएक एक जना मोरङ हस्पिटल प्रा.लि.का सञ्चालक हुन् । उनलाई पीसीआर परीक्षण गराउँदा असोज २२ गते रिपोर्ट पोजेटिभ आएको थियो ।

    रिपोर्ट पोजेटिभ देखिएपछि सोही दिन न्युरोको कोभिड–१९ अस्पतालमा भर्ना भएका थिए । आईसीयूमा उपचाररत उनको स्वास्थ्यमा समस्या देखिएपछि भेन्टिलेटरमा राखेर उपचार सुरु भएको थियो । उनी मिर्गौला सम्बन्धी समस्याबाट पनि पीडित थिए ।

     

    प्रतिक्रिया
    थप समाचार