Online Nepal आइतबार, जेष्ठ ६ २०८१

उपत्यकामा पछिल्लो २४ घण्टामा २३८८ जनामा कोरोना संक्रमण, काठमाडौंमा मात्रै २००८ जना संक्रमित

उपत्यकामा पछिल्लो २४ घण्टामा २३८८ जनामा कोरोना संक्रमण, काठमाडौंमा मात्रै २००८ जना संक्रमित


मध्यान्तर संवाददाता
  • सोमबार, कार्तिक ३ २०७७

  • काठमाडौं । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा २ हजार ३८८ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले सार्वजनिक गरेको विवरण अनुसार आज उल्लेखित संख्यामा कोरोना संक्रमित थपिएका हुन् । काठमाडौंमा २००८ , ललितपुरमा ९९ र भक्तपुरमा २८१ जना मा कोरोना पुष्टि भएको मन्त्रालय प्रवक्ता डा. गौतमले जानकारी दिए।

    त्यस्तै देशैभर पछिल्लो २४ घण्टामा ३ हजार ७९० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै संक्रमितको कुल संख्या १ लाख ३६ हजार ३६ पुगेको डा. गौतमले जानकारी दिए ।

    मन्त्रालयका अनुसार ४० हजार ७७८ जना कोरोनाका सक्रिय संक्रमित छन् । यस्तै संस्थागत आइसोलेसनमा १३ हजार ८५१ जना रहेका छन् भने २६ हजार ९२७ होम आइसोलेसनमा रहेको डा. गौतमले बताए । यस्तै क्वारेन्टाइनमा ४ हजार ४७० जना रहेका छन् ।

    मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा १५ हजार ७४३ नमूनाको पीसीआर परीक्षण भएको छ। आइतबार २३ सय ३५ जनाले कोरोना जितेर डिस्चार्ज भएको मन्त्रालयले जनाएको छ। योसँगै कुल डिस्चार्ज हुनेको संख्या ९४ हजार ५०१ पुगेको छ।

    आइसीयूमा २८२ जना र भेन्टिलेटरमा ६३ जनाको उपचार भइरहेको छ। नेपालमा कोरोनाबाट ७५७ जनाको मृत्यु भएको छ। सोमबार मात्रै १८ जनाको मृत्यु भएको मन्त्रालयले पुष्टि गरेको छ।

    प्रतिक्रिया
    थप समाचार