Online Nepal आइतबार, जेष्ठ ६ २०८१

उपत्यकामा एकैदिन १७०२ जनामा कोरोना संक्रमण, काठमाडौंमा मात्रै १४३१ जना संक्रमित

उपत्यकामा एकैदिन १७०२ जनामा कोरोना संक्रमण, काठमाडौंमा मात्रै १४३१ जना संक्रमित


मध्यान्तर
  • मंगलबार, कार्तिक ४ २०७७

  • काठमाडौं । काठमाडौं उपत्यकामा १७०२ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले मंगलबारको नियमित प्रेस ब्रिफिङमार्फत उल्लेखित संख्यामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए । काठमाडौं १ हजार ४ सय ३१, ललितपुरमा १२३ र भक्तपुरमा १४८ जना संक्रमित थपिएका छन् ।

    त्यस्तै देशैभर पछिल्लो २४ घण्टामा थप ३ हजार ९३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या १ लाख ३९ हजार १ सय २९ पुगेको छ ।

    डा. गौतमले सार्वजनकि गरेको विवरण अनुसार मंगलबार २ हजार १०८ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् भने हालसम्म डिस्चार्ज हुनेको कुल संख्या ९६ हजार ६ सय ९ पुगेको छ ।

    पछिल्लो २४ घण्टामा १३ हजार ८ सय ६१ जनाको पीसीआर परीक्षण गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । हाल देशभर सक्रिय संक्रमितको संख्या ४१ हजार ७ सय ७५ रहेको छ भने ४ हजार २ सय २० जना क्वारेन्टिनमा छन् ।

    पछिल्लो २४ घण्टामा थप ८ जनाको कोरोनाबाट मृत्यु भएको मन्त्रालयले उल्लेख गरेको छ । योसँगै देशभरी कोरोनाबाट ज्यान गुमाउनेको संख्या ७ सय ६५ पुगेको छ ।

    प्रतिक्रिया
    थप समाचार