Online Nepal आइतबार, जेष्ठ ६ २०८१

उपत्यकामा एकैदिन थप ३१०७ जनामा कोरोना संक्रमण, काठमाडौंमा मात्रै २३९१ जना संक्रमित

उपत्यकामा एकैदिन थप ३१०७ जनामा कोरोना संक्रमण, काठमाडौंमा मात्रै २३९१ जना संक्रमित


मध्यान्तर संवाददाता
  • बुधबार, कार्तिक ५ २०७७

  • काठमाडौं । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप ३ हजार १०७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले बुधबारको नियमित प्रस ब्रिफिङमार्फत उल्येखित संख्यामा कोरोना पुष्टि भएको जानकारी दिए । उपत्यकामा एकैदिन संक्रमित हुनेको यो संख्या अहिलेसम्मकै धेरै हो । प्रवक्ता डा. गौतमका अनुसार काठमाडौंमा २३९१ जना, भक्तपुरमा १७३ र ललितपुरमा ५४३ जना नयाँ संक्रमित थपिएका हुन् ।

    त्यस्तै देशैभरी पछिल्लो २४ घण्टामा थप ५ हजार ७४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसहित हालसम्म संक्रमित हुनेको कुल संख्या १ लाख ४४ हजार ८७२ पुगेको छ।

    त्यस्तै २४ घण्टाभित्र २ हजार ९९६ जना कोरोनाबाट मुक्त भएका छन् । योसहित हालसम्म कोरोनाबाट निको हुनेको संख्या ९९ हजार ६०५ पुगेको मन्त्रालयले जनाएको छ ।

    हाल देशभर सक्रिय संक्रमितको संख्या ४४ हजार ४७६ रहेको डा. गौतमले जानकारी दिए । त्यस्तै थप २६ जनाको कोरोनाबाट मृत्यु भएको छ । योसहित हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ७९१ पुगेको छ मन्त्रालयले उल्लेख गरेको छ ।

    विभिन्न प्रयोगशालामा गरी पछिल्लो २४ घण्टामा २० हजार बढीको पिसिआर परीक्षण गरिएको मन्त्रालयले उल्लेख गरेको छ ।

    प्रतिक्रिया
    थप समाचार