Online Nepal आइतबार, जेष्ठ ६ २०८१

पछिल्लो २४ घण्टामा ३६३७ जनामा कोरोना संक्रमण पुष्टि, २१ जनाले ज्यान गुमाए

पछिल्लो २४ घण्टामा ३६३७ जनामा कोरोना संक्रमण पुष्टि, २१ जनाले ज्यान गुमाए


मध्यान्तर
  • बिहिबार, कार्तिक ६ २०७७

  • फाइल तस्बिर

    काठमाडौं । देशै पछिल्लो २४ घण्टामा ३ हजार ६३७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वस्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बिहिबारको नियमित प्रेस ब्रिफिङमार्फत उल्लेखिखत संख्यामा कोरो संक्रमण पुष्टि भएको जानकारी दिए । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ४८ हजार ५०९ पुगेको छ।

    हाल देशभर ४४ हजार ८७७ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ । आज १३ हजार ३३९ जना संस्थागत आइसोलेसनमा छन् भने बाँकी होम आइसोलेसनमा रहेको डा. गौतमले बताए । यो २४ घण्टाभित्र देशभर विभिन्न प्रयोगशालामा १५ हजार २५५ जनाको स्वाब परीक्षण भएको मन्त्रालयले उल्लेख गरेको छ ।

    त्यस्तै २४ घण्टामा काठमाडौं उपत्यकामा जनामा १५५२ कोरोना संक्रमण देखिएको छ । काठमाडौंमा १२८३ जना, भक्तपुरमा ११२ र ललितपुरमा १५७ जना नयाँ संक्रमित भेटिएको प्रवक्ता डा. गौतमले जानकारी दिए ।

    यस्तै पछिल्लो २४ घण्टामा थप ३,२१५ जना कोरोना संक्रमण मुक्त भएका छन् भने यससँगै कोरोना निको हुनेको संख्या १ लाख २ हजार ८२० पुगेको छ ।

    कोरोना संक्रमणबाट थप २१ जनाको मृत्यु भएको छ । योसहित कोरोनाबाट मृत्यु हुनेको संख्या ८१२ पुगेको छ ।

    प्रतिक्रिया
    थप समाचार