Online Nepal आइतबार, जेष्ठ ६ २०८१

एनएमबि बैंकको चौबीसै घण्टा र सातै दिन’को कर्जा योजना सार्वजनिक

एनएमबि बैंकको चौबीसै घण्टा र सातै दिन’को कर्जा योजना सार्वजनिक


मध्यान्तर
  • सोमबार, कार्तिक १७ २०७७

  • काठमाडौं। एनएमबि बैंकले चौबीसै घण्टा र सातै दिन कर्जा सुविधा उपलब्ध गराउने भएको छ । एनएमबि सापटी नाम दिइएको यो सेवा, एक आर्टिफिसियल इन्टेलिजेन्सद्वारा संचालित कर्जा सेवा हो। यो कर्जाको लागि आवेदनदेखि सम्पूर्ण कर्जा प्रक्रिया कुनै पनि प्रकारको म्यानुअल हस्तक्षेप बिना डिजिटल रूपमै गर्न सकिने गरि बैंकले प्रणाली विकास गरेको छ। यो नेपालमै पहिलो पटक  ‘चौबीसै  घण्टा र सातै दिन’ पूर्ण स्वचालित रूपमा प्रदान गरिने कर्जा सुविधा रहेको बैंकको विज्ञप्तिमा उल्लेख छ। यो सेवा  घरबाटै मोबाइलको प्रयोगबाट नै प्राप्त गर्न सकिन्छ।

    एनएमबि सापटी ग्राहकको व्यक्तिगत र आपतकालीन वित्तीय आवश्यकताहरुको परिपूर्तिका लागि प्रदान गरिने एक छोटो अवधिको धितो बिनाको व्यक्तिगत कर्जा हो। एनएमबिमा तलब खाता भएका तलबी कर्मचारीहरुलाई एक लाख रुपैयाँसम्म ‘चौबीसै  घण्टा र सातै दिन’ तुरुन्त कर्जा उपलब्ध गराइने बैंकले जनाएको छ। ग्राहकहरुले आफ्नो सहज र सुविधाको आधारमा कर्जा रकम र कर्जा चुक्ता अवधि छनोट गर्न सक्नेछन्।

     

    प्रतिक्रिया
    थप समाचार