Online Nepal आइतबार, जेष्ठ ६ २०८१

कोरोनाको निःशुल्क उपचार गर्न सरकारलाई संसदीय समितिको निर्देशन

कोरोनाको निःशुल्क उपचार गर्न सरकारलाई संसदीय समितिको निर्देशन


मध्यान्तर संवाददाता
  • शुक्रबार, कार्तिक २१ २०७७

  • काठमाडौं । संसदको शिक्षा तथा स्वास्थ्य समितिले अन्य क्षेत्रको बजेट कटौती गरेर भए पनि कोभिड–१९ को निःशुल्क परीक्षण र उपचार गर्न सरकारलाई निर्देशन दिएको छ । शुक्रबार भर्चुअल माध्यमबाट बैठक बसी समितिले अन्य क्षेत्रको बजेट कटौती गरेर भए पनि कोरोना परीक्षण र उपचार निशुल्क गर्ने व्यवस्थाका लागि सुझाव र निर्देशन दिएको हो ।

    समितिले निजी अस्पतालमा कोरोना संक्रमितको उपचार कति खर्चमा भइरहेको छ भन्ने अनुगमन गर्न पनि सरकारलाई निर्देशन दिएको छ । सरकारले तोकेको शुल्क भन्दा बढी लिएको पाइएमा कारबाही गर्न पनि समितिले निर्देशन दिएको छ ।

    कोरोना उपचारमा खटिएका स्वास्थ्यकर्मीहरुको स्वास्थ्य सुरक्षा र भत्ताको विषयमा सरकारलाई गम्भीर बन्न भन्दै समितिले तोकेको भत्ता बेलैमा दिन पनि निर्देशन दिएको छ ।

     

    प्रतिक्रिया
    थप समाचार