Online Nepal आइतबार, जेष्ठ ६ २०८१

देशभर पछिल्लो २४ घण्टामा थप २७३६ जनामा कोरोना संक्रमण, २२ जनाको मृत्यु

देशभर पछिल्लो २४ घण्टामा थप २७३६ जनामा कोरोना संक्रमण, २२ जनाको मृत्यु


मध्यान्तर संवाददाता
  • मंगलबार, कार्तिक २५ २०७७

  • फाइल तस्बिर

    काठमाडौं । देशैभर पछिल्लो २४ घण्टामा थप २ हजार ७३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ९९ हजार ७ सय ६० पुगेको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबार ८ सय ५३ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुनेको संख्या १ लाख ६० हजार ५ सय ७७ पुगेको छ । हाल देशभर सक्रिय संक्रमितको संख्या ३८ हजार ३५ रहेको छ भने १ हजार ५८ जना क्वारेन्टिनमा छन् ।

    पछिल्लो २४ घण्टामा थप २२ जनाको कोरोनाबाट मृत्यु भएको छ। यससँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ हजार १ सय ४८ पुगेको छ।

     

    प्रतिक्रिया
    थप समाचार