Online Nepal बिहिबार, बैशाख ६ २०८१

कतारका राजकुमार अमादब्लम हिमालको चुचुरोमा

कतारका राजकुमार अमादब्लम हिमालको चुचुरोमा


मध्यान्तर
  • बुधबार, कार्तिक २६ २०७७

  • काठमाडौं । कतारका राजकुमार शेख मोहमद विन अब्दुल्लाले आमादब्लम हिमाल आरोहण गरेका छन् । राजकुमार शेख मोहमदसहितको टोली बुधबार बिहान ११ः२० मा अमादब्लम हिमालको चुचुरोमा पुगेको आरोहण व्यस्थापन गरेको हिमालयन गाइड्स नेपालका प्रवन्ध निर्देशक ईश्वरी पौडेलले जानकारी दिए ।

    विश्वको सुन्दर तर आरोहणका लागि कठिन मानिने आमादब्लम हिमाल आरोहणका लागि कतारका राजकुमारसहित अमेरिकन र क्यानेडियनको टोली दसैंको दिन काठमाडौंबाट लुक्ला प्रस्थान गरेको थियो ।

    आरोहण टोलीमा कतारका राजकुमार अब्दुल्लासहित अमेरिकन, क्यानेडियन र नेपाली गरी १४ जना छन् ।

     

    प्रतिक्रिया
    थप समाचार