Online Nepal आइतबार, जेष्ठ ६ २०८१

देशैभर २४ घण्टामा २५६९ जना कोरोना संक्रमित थपिए, २६ जनाको मृत्यु

देशैभर २४ घण्टामा २५६९ जना कोरोना संक्रमित थपिए, २६ जनाको मृत्यु


मध्यान्तर संवाददाता
  • बुधबार, कार्तिक २६ २०७७

  • फाइल तस्बिर

    काठमाडौं । देशैभर पछिल्लो २४ घण्टामा थप २५६९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै हालसम्म कुल संक्रमितको संख्या २ लाख २ हजार ३२९ पुगेको हो ।

    त्यस्तै १ लाख ६२ हजार २४३ जना कोरोना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा मात्र १६६६ जना संक्रमणमुक्त भएका हुन् । देशभर ३८ हजार ९१२ संक्रिय संक्रमित रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उल्लेख गरेको छ ।

    पछिल्लो २४ घण्टामा मात्रै कोरोना भाइरसको संक्रमणबाट देशभर थप २६ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा हालसम्म कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १ हजार १ सय ७४ पुगेको मन्त्रालयले जनाएको छ ।

    प्रतिक्रिया
    थप समाचार