Online Nepal आइतबार, जेष्ठ ६ २०८१

उपत्यकामा पछिल्लो २४ घण्टामा १२६१ जनामा कोरोना संक्रमण, काठमाडौंमा मात्रै ९७६ जना संक्रमित

उपत्यकामा पछिल्लो २४ घण्टामा १२६१ जनामा कोरोना संक्रमण, काठमाडौंमा मात्रै ९७६ जना संक्रमित


मध्यान्तर संवाददाता
  • बुधबार, कार्तिक २६ २०७७

  • काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १ हजार २ सय ६१ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा ९७६, भक्तपुरमा ८१ र ललितपुरमा २०४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।

    त्यस्तै पछिल्लो २४ घण्टामा देशभर थपिने कोरोना संक्रमितको संख्या २ हजार ५ सय ६९ रहेको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार यो अवधिमा १० हजार ८१ जनाको पीसीआर परीक्षण गरिएको थियो ।

    त्यस्तै १ लाख ६२ हजार २४३ जना कोरोना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा मात्र १६६६ जना संक्रमणमुक्त भएका हुन् । देशभर ३८ हजार ९१२ संक्रिय संक्रमित रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उल्लेख गरेको छ ।

    पछिल्लो २४ घण्टामा मात्रै कोरोना भाइरसको संक्रमणबाट देशभर थप २६ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा हालसम्म कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १ हजार १ सय ७४ पुगेको मन्त्रालयले जनाएको छ ।

    प्रतिक्रिया
    थप समाचार