Online Nepal आइतबार, जेष्ठ ६ २०८१

२४ घण्टामा थप १९१३ जनामा कोरोना संक्रमण, १५ जनाको मृत्यु

२४ घण्टामा थप १९१३ जनामा कोरोना संक्रमण, १५ जनाको मृत्यु


मध्यान्तर
  • बिहिबार, कार्तिक २७ २०७७

  • फाइल तस्बिर

    काठमाडौं । देशैभर पछिल्लो २४ घण्टामा थप १ हजार ९ सय १३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार उल्लेखित संख्यामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै कोरोना संक्रमितको कुल संख्या दुई लाख ४ हजार २४२ पुगेको छ मन्त्रालयले जनाएको छ।

    त्यस्रगरी पछिल्लो २४ घण्टामा २ हजार ३ सय ४९ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै निको हुनेको संख्या एक लाख ६४ हजार ५ सय ९२ जना पुगेको मन्त्रालयले सार्वजनिक गरेको छ ।

    त्यस्तै, कोरोना संक्रमणबाट गएको २४ घण्टामा १५ जनाको मृत्यु भएको छ । योसहित कोरोनाबाट मृत्यु हुनेको संख्या ११८९ पुगेको छ।

    प्रतिक्रिया
    थप समाचार