Online Nepal आइतबार, जेष्ठ ६ २०८१

सफल जनयुद्धपछिका असफल कम्रेडहरु

सफल जनयुद्धपछिका असफल कम्रेडहरु


लाल ब. विक
  • बिहिबार, पुष १९ २०७५

  • काठमाण्डौं । नयाँ नेपाल निर्माणको मिठो सपना बोकेर दश वर्षे सशस्त्र जनयुद्धमा सिंगो नेपाली युवाहरु हामीए । वर्षौ देखी राजा शासनबाट आफ्नो स्वतन्त्रतामा जिउन नपाएका आवाजहरुले स्थान पाए । जनयुद्ध सफल पार्न र नयाँ नेपाल निर्माण गर्नका लागी करिब १७ हजार नेपालीले बलिदान दिए भनेहजारौ युवाहरु घाईते भए पनि । उनीहरुले आफ्नो जीवनको ख्यालै नगरि जनयुद्धमा होमिए । तर, अन्त्यमा उही पुरानै राजाको तानशाहि व्यस्थामा निमुखाको अधिकारलुटिए झै उनीहरुको पनि अधिकार लुटियो । जनयुद्धका बेला बटालिएन कमाण्डर भएर काम गरि सकेका कम्मान टमट्टा भन्छन् पहिलो पटक लडाईमा जाँदा उत्साहित थिए । आखिर मरेपनि मेरो आमाले खुसी पाउनुहुनेछ भन्ने अपेक्षा थियो । जनयुद्ध सफ लबनेपछि आफ्नो परिवार सुखी हुने र नेपालमै भविष्य बनाउने उनको सोच थियो । उनले जनवादी विवाह गरेका थिए । दुबैजना भुमिगत भएको बेला उनीहरुले पार्टिमा रहदै विवाह गरेका थिए ।

    मध्य पहाडि क्षेत्रमा पर्ने अछाम जिल्लामा जन्मिएका कम्मानले सानोमा आफुले पढ्ने कापी कलम पाएनन् । उनका बुवाले माटाका भाँडाकुडा बनाउनु हुन्थ्यो । खेति पाति राम्रो नफल्ने भएकाले गाउँको ठुलो जमिनमा जति खेति गरेपनि तिन महिना खान पुग्दैन थियो । यसैले घरका दुईजना दाजु मुम्बईमा काम गथ्र्ये । उनीहरुको जनावादि विवाह पछि पनि उनीहरुले केहि समय जनयुद्धमै विताए । विस्तारै देशमा शान्ति सम्झौता भएपछि तत्कालिन माओबादीको सक्रिय कार्यकर्ता भएर काम गरिहेकी कम्मान की श्रीमति जमुना घरमै बस्न थालि कम्मान बटालिएन काण्डर भएकाकारण शैनिक व्यारेकमा बस्थ्य ।

    सेना समायोजनको कुरा चलिरहेको थियो । जनमुत्ति सेनामा रहदाँ दुईओटा भिडन्तमा सफल योद्धा बनिसकेका कम्मान शान्ति सम्झौता पश्चात होचा बने हाईट नपुगेका कारण उनी सेनामा छनौट हुन सकेनन् । अनि उनको जीवनको मुल्य तोकियो, उनको सपनाको मुल्य तोकियो ।हातमा रु ५ लाख थमाएर घर फर्काईयो । गाउँमा बसेर त्यति पैसाले केहि गर्ने सोच बनाए । केहि उपलब्धी नहुने भएपछि अहिले उनी भारत स्थीत गुजरातमा सेक्युरिटी गार्डको काम गरिरहेका छन् ।
    उनी मात्र हैन् सोहि गाउका तत्कालीन जनयुद्धका अन्य ४ जना वडा प्रमुख र गाविस प्रमुख भएर जनयुद्धमा काम गरिसकेका नेताहरु पनि उनी संगै सेक्युरिटी गार्डको काम गरिरहेका छन् ।

    जातिय विभेदका कारण युद्धमा होमिएका कामी
    जातिय विभेद भोगेपछि बाजुराको कोल्टिका नेत्र कामी माओबादी युद्धमा हामिएका थिए । २०४८ साल भदौ २८ गते जन्मिएका कामी २०५८ सालमा एस.एल.सी पास गरेपछि युद्धमा लागेका थिए । उनका बुवा सुकलाल कामीले आरन तथा कृषिको काम गथ्र्ये । उनका ४ जना दाजुभाई थिए । ति मध्येका नेत्र साईला छोरा थिए । ४ जना दाजुभाईलाई बुवाले काम गरेवापत ६ महिनाको एक पटक पाईने खलोले परिवार पाल्न मुस्किल पथ्र्यो । तर, पनि जेनतेन गरेर उनीहरुलाई पालेकै थिए । बाल्यकाल गरिबी र जातिय विभेदको अपहेलानमै वितेको थियो उनको । करिब एक घण्टाको पैदल हिँडेर स्कुल पुग्ने कामीले स्कुलमा पानी पिउन पनि पाईदैन थियो ।

    एक पटक उनलाई स्थानीय जमिनदारले विभिन्न किसिमको तथानाम गालि र्गै पिट्यो । स्कुलमा जमिनदारको छोासंग झगडा भएका कारण उनले जातिय विभेद सम्बन्धी विभिन्न गाली गलौज गरियो । र अन्त्यमा प्रहरीकोमा बुझाईयो । यसपछि उनमा क्रान्ति छायो उनीपनि भुमिगत भए । विद्रोहि माओबादी बनेर काम गरे । विस्तारै शान्ति सम्झौता भयो । यसपछि भारतमा रोजगारीको लागी गए । सोहि ठाउँमा दाईको सहयोगमा फेरी उच्च शिक्षा अध्यायन गर्ने अवशर पाए । उनले २०६२ सालमा लखनौ पुगेपछि त्यहाँको राजश्री कलेज बाट उच्च शिक्षा हासिल गर्ने अवशर पाए । उनले विहान कलेज र दिउँसो काम गथ्र्ये । सोहि बेला उनको भेट धनगढीकी संगीता विष्टसंग भयो । उनीहरु संगै कलेज जाने भएकाले साथीबाट प्रेमी प्रेमीका बने । धेरै माया गर्न थाले संगीताले उनलाई अहिलेको जमानामा कसैपनि जातको कुरा गर्दैन। तिमी चिन्ता नगर भनेर हामी जातियता विरुद्ध लडौला भनेर हौसला दिन्थी । उनी मख्ख पथ्र्ये । पछि ति संगीताले नै तल्लो जातको केटासंग विवाह गर्दिन भन्दै आफ्नो जातको केटासंग विवाह गरिन।

    उनी भन्छन् त्यो बेला देखे मैले आफुले लडेको जनयुद्धको प्रतिफल । सर्बहारा वर्गका निम्ति भनेर रगत पसिना बगाएको प्रतिफल । आज दिक्क लाग्न थालेको छ । नेपालको राजनीती देखेर मलाई नेपाल जान मन लाग्दैन । उनी दशै तिहारमा मात्र नेपाल आउने गर्छन् ।

    फेसबुक बन्दै गुनासो पेटी
    सशस्त्र जनयुद्ध पश्चात अयोग्य ठानीएका माओबादी लडाकुका कुराहरु कसैले सुन्दैन । यसैले अधिकांस फेसबुक मार्फत आफ्नो आक्रोस पोख्ने गर्छन् । यस्तै लेनिन बिष्टले आफ्नो जीवन कालका कुराहरुलाई जनयुद्धमा गरेका कामहरुलाई फेसबु वालमा लेख्दै प्रश्न गरेका छन् । देश र जनताको क्रान्तिका निम्ती र तिमीलाई नै योग्य हुन बनाउन मैले शरिरमा गोली बोक्नु पर्यो । तर, किन अयोग्य ठहरिए ? भन्दै उनले “योग्यता हुदाहुदै अयोग्य बनाईएको मान्छे म” शिर्षक दिएर आफ्ना कुराहरु लेखेका छन् । उनी सुरुमा लेख्छन् । तिमिले गोडाफाट भन्यौ । मैले गोडा फाटे, सतर्क भन्यौ म सतर्क बने, अगाडि बढ भन्यौ, म अगाडि बढे, पछाडि हट भन्यौ म पछाडी हटे, सर्टिफिकेट फाल भन्यौ । मैले फाले, दस्ताबेज पढ भन्यौ मैले पढे । इतिहास पढ भन्यौ मैले पढे, समाज पढ भन्यौ मैले पढे, अरु कत्ती कुराहरू तिमिले नभन्दा पनि पढे ।

    तिमिले बन्दुक बोक भन्यौ मैले बोके, कैयौं कुइन्टल भारी पनि बोके, सहयोद्धाका अमर शरीर बोके, घाइते शरीर बोके रक्तिम सन्देश बोके, बोक्न त आजाद हरुका प्यार पनि बोके । जल्लाद हरुका काला कर्तुत पनि बोके ।

    घर भनिएन, सम्पत्ति भनिएन, बाआमा भनिएन, प्रीयसी भनिएन, पढाइ भनिएन, केवल परिवर्तन भनेरलागियो । मृत्यु लाई हत्केलामा राखेर हिडियो । जिल्लाहरु भत्काउदै आफ्ना लाल किल्ला बनाइयो । बुर्जुवा किताबका पानाहरु जलाइयो । तपाईसंग आदेश दिन सक्ने क्षमता थियो । म सङ्ग पनि त तिम्रो आदेश मान्ने क्षमता त थियो । मैले आदेश पालना गरेकै हु, आफ्नो कर्तव्य निभाएकै हु, भोक भोकै लडेकै हु ।

    त्यति बेला, मेरो अपाङ्ग शरीर पनि तिम्रो लागि अमुल्य बनेको थियो । मैले मेरो भाचिएको हात लिएर, बन्दुक चलाउन सक्थे । खुट्टामा गोलिका डल्ला बोकेर, अहोरात्र लड्न सक्थे । तपाईले बन्दुक रोक भन्ने बेला सम्म पनि, म तिम्रो लागि प्रीय नै थिए । किनकी म तिम्रा लागि सुरक्षा दिन सक्थे, तिमिलाई हरक्षण पहरा दिन सक्थे । तर, जब तिमी, हामी बस्ने परालको गुन्द्री छाडेर, राता कार्पेटमा बस्न थाल्यौ अनि बिस्तारै मेरो मूल्य तोकिन थाल्यो ।

    जब मूल्य तोकियो
    म जस्तै हजारौं लाई हाट बजारमा राखियो, तिमिले पठाएका कैयौं ग्राहकहरु आए, अङ्ग अङ्ग जाचे । खुट्टामा गोलि बोकेको म, भच्चिएको हात बोकेको म, अयोग्य बने ।

    कुनै बेला त्यही भाच्चिएको मेरो हात तिम्रा लागि प्यारो थियो होइन ? गोलि लागेको मेरो खुट्टा, तिम्रा लागि तन्दुरुस्त थिए होइन ? म अमुल्य थिए होइन ? म योग्य नै थिए होइन ? तर म आज कसरी अयोग्य भए ? तिमिले भनेको मोर्चा सम्हालेकै हु, दुश्मन को किल्ला तोडेकै हु, तिमिलाइ गुन्द्री बाट रातो कार्पेटसम्म पुर्याएकै हु, के त्यहा पुर्याउनु मेरो गल्ती थियो ? मेरो अयोग्यताको कारण तिमी त्यहा पुगेको हौ ?

    तिमिले त मेरो योगदानको मापन हुनुपर्छ भन्थ्यौ तर मेरो चोट ग्रस्त शरीर नापियो, मेरो शरीरको उचाइ नापियो, तौल नापियो तर खै त तिम्रो उचाइ नापिएको ? खै त तिम्रो तौल नापिएको ? खै त तिम्रो योग्यता नापिएको ? केही पनि मापन गर्नै नपर्ने तिमी योग्य, तिमिलाई नै योग्य बनाउन शरीरमा गोलि बोक्ने, म कसरी अयोग्य भए ?

    प्रतिक्रिया
    थप समाचार