Online Nepal आइतबार, जेष्ठ ६ २०८१

अब सरकारले सूचिकृत गरेको सरकारी अस्पताल र प्रयोगशालामा मात्रै कोरोनाको निःशुल्क उपचार

अब सरकारले सूचिकृत गरेको सरकारी अस्पताल र प्रयोगशालामा मात्रै कोरोनाको निःशुल्क उपचार


मध्यान्तर
  • शुक्रबार, कार्तिक २८ २०७७

  • काठमाडौं । सरकारले सूचीकृत सरकारी प्रयोगशाला र अस्पतालहरुबाट कोभिड १९ को परीक्षण र उपचार निःशुल्क गर्ने भएको छ । रोगको लक्षण वा चिह्न देखिएका विरामीले मात्र परीक्षण र उपचारको निःशुल्क सेवा पाउने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्पष्ट पारेको छ ।

    मन्त्रालयले शुक्रबार एक सूचना जारी गर्दै कोरोना बिमा गरेकाहरुको हकमा परीक्षण र उपचार खर्च निजको बिमा रकमबाट व्यहोर्ने गरी व्यवस्था मिलाइएको जनाएको छ । त्यस्तै सरकारले सक्षम, इच्छुक र योगदान गर्न चाहनेलाई कोरोना परीक्षण र उपचारमा सहयोग गर्न आह्वान पनि गरेको छ ।

    प्रतिक्रिया
    थप समाचार