Online Nepal आइतबार, जेष्ठ ६ २०८१

ज्यानमारा उद्योगमा सजाए भोगीरहेका सांसद रेशम चौधरीले लिए थारु भाषामा शपथ

ज्यानमारा उद्योगमा सजाए भोगीरहेका सांसद रेशम चौधरीले लिए थारु भाषामा शपथ


मध्यान्तर
  • बिहिबार, पुष १९ २०७५

  • काठमाडौं । प्रतिनिधिसभाका निर्वाचित सांसद रेशम चौधरीले पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् । ज्यानमारा केशमा अदालतले तोकेको कानुन बमोजिम काराबासको सजाए भोगीरहेका चौधरीले विहिबार सपथ लिएका हुन् ।
    सपथ लिने क्रममा चौधरीले आफ्नो मातृभाषामा शपथ लिएका छन् । उनलाई सभामुख कृष्णबहादुर महराले आफ्नो कार्यकक्षमा शपथ गराउदा आफ्नो मातृभाषा थारु भाषामा सपथ लिएका थिए । उनी कैलाली क्षेत्र नम्बर १ बाट भारी मतले निर्वाचित भएका थिए ।

    २०७२ भदौ ७ गते टीकापुरमा भएको घटनाका मुख्य योजनाकार मानिएका चौधरी काठमाडौंस्थित डिल्लीबजार कारागारमा कैदीको जिवन विताई रहेका छन् । उनलाई शपथ ग्रहण लगत्तै पुनः कारागार फर्काइएको छ । उनीविरुद्ध जिल्ला अदालत कैलालीमा घटनाको मुख्य अभियुक्त भन्दै मुद्धा दायर भएको छ । मुद्धाको किनारा नलाग्दासम्म चौधरीलाई संसद भवनमा प्रवेश गराउन नसकिने संसद सचिवालयले जनाएको छ ।

    राष्ट्रिय जनता पार्टी(राजपा) नेपालले जनमतबाट निर्वाचित सांसद चौधरीलाई शपथ ग्रहण गराउनु सरकारको कर्तव्य भएको भन्दै स्वागत गरेको छ । विस्तारै राजनीतिक मुद्धाको किनारा लगाउँदै रिहाइ गर्न समेत राजपाले माग गरेको छ ।

    प्रतिक्रिया
    थप समाचार