Online Nepal आइतबार, जेष्ठ ६ २०८१

गृहमन्त्रीले दिए आईजीजपी खनाललाई बर्खास्त गर्न निर्देशन, यस्तो छ कारण

गृहमन्त्रीले दिए आईजीजपी खनाललाई बर्खास्त गर्न निर्देशन, यस्तो छ कारण


मध्यान्तर
  • बिहिबार, पुष १९ २०७५

  • काठमाडौँ । गृहमन्त्री राम बहादुर थापा बादलले आईजिपी सर्बेन्द्र खनाललाई बर्खास्त गर्न निर्देशन दिएका छन् । गृमन्त्री थापाले मुलुकमा शान्ति सुरक्षाको जिम्मा पाएको नेपाल प्रहरीले नै जनतालाई सुरक्षाको प्रत्याभुति दिन नसकेको भन्दै बर्खास्त गर्न निर्देशन दिएका हुन् ।

    अहिले निर्मला पन्त हत्या प्रकरणले सरकारको चारैतिरबाट विरोध भईरहेको बेला प्रहरी महानिरीक्षक सवेन्द्र खनाल आरामले एक साता लामो जिल्ला भ्रमण गर्न गएर फर्किएको भन्दै यस्तो बताएका हुन् ।

    नेपाल प्रहरीका प्रवक्ता वरिष्ठ प्रहरी उपरीक्षक उत्तम सुवेदीका अनुसार आईजीपी खनाल अघिल्लो मंगलवार देखि सोमवार सम्म गरेको भ्रमणका क्रममा ५ नम्वर प्रदेशको रुपन्देही, कपिलवस्तु, बाँके र बर्दिया तथा सुदूरपश्चिम प्रदेशको कैलाली, कञ्चनपुर, डडेलधुरा र डोटी लगायतका आठ वटा जिल्लाको भ्रमण गरि काठमाडौं फर्किएका हुन् ।

    यस क्रममा महानिरीक्षक खनालले नेपाल प्रहरीले ठूलै तामझामका साथ शुरु गरेको समुदाय प्रहरी साझेदारी कार्यक्रममा सहभागिता समेत जनाएका थिए । साथै उनले मातहत निकायबाट नियमित ब्रिपिङ र स्थलगत अनुगमन समेत गरे । सत्य सेवा सुरक्षणमको मन्त्र जप्ने प्रहरी संगठनका प्रमुखले आफू मातहतको निकायको अनुगमन निरीक्षण गर्नु स्वभाविकै हो । तर, महानिरीक्षक खनाल एक साता लामो अवधी किन काठमाडौं बाहिर रहे भन्ने प्रश्न शुन्य डिग्रीमा तापक्रम रहेको काठमाडौंमा पेचिलो बनिरहेको छ ।

    स्रोतका अनुसार सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकलम दाहाल प्रचण्डको एउटा आग्रहलाई छल्न प्रहरी महानिरीक्षक खनाल एक साता राजधानीबाट हराए । त्यही कारण उनी काठमाडौं आउँदै जाँदै गर्न भ्याइँने सम्भावना हुँदा हुँदै त्यस तर्फ ध्यान दिएनन् । प्रचण्डले आईजीपी खनाललाई पदबाट राजिनामा दिन सुझाएका छन् र उनी त्यसलाई छल्दै हिडिरहेको स्रोत बताउँछ ।

    स्रोतका अनुसार जिल्ला भ्रमणमा निस्कनु दुई दिन अघि महानिरीक्षक खनालले नेकपा अध्यक्ष प्रचण्डलाई भेटेका थिए । त्यो भेटमा प्रचण्डले खनाललाई निर्मला प्रकरण पछि सरकार तपाइँसंग त्यति सकारात्मक भएको छैन । हाम्रो पार्टीको केन्द्रीय बैठकमा पनि मुलुकमा शान्ति सुरक्षा कायम गर्न नसकेको कुरा उठ्यो । बैठकमा गम्भीर ढंगले कुरा उठेपछि नै दिगम्बर झाले दुरसंचार प्राधिकरणबाट राजिनामा दिए ।

    राजिनामा नदिएको भए उनलाई बर्खास्त गर्न स्थायी समितिले निर्देशन दिने थियोतपाइँका हकमा पनि त्यो अवस्था आउन सक्छ । त्यसैले राजिनामा दिएर सहज रुपमा अवतरण गर्नुहोस् । तर प्रचण्डको कुरा सुनेपछि खनालले राजिनामा नगर्ने बरु बर्खास्तमा परे अदालत फेस गर्छु हजुर भन्दै हिडेँ । त्यसपछि काठमाडौं छोडेका उनी एकसाता काठमाडौं फर्कन चाहेनन् ।

    प्रचण्डले खनाललाई बोलाएर राजिनामा दिन सुझाउनुको कारण छ । त्यो हो उनी प्रचण्डकै जीउवलमा महानिरीक्षकको कुर्सीमा पुगेका हुन । प्रचण्डले अड्डि नलिएको भए अहिले महानिरीक्षकको कुर्सीमा पुष्कर कार्की विराजमान हुने थिए । खनाल प्रति प्रधानमन्त्री ओली ईच्छुक नभएपछि तीन पटक सम्म मन्त्री परिषद् बैठकले निर्णय गरेको थिएन । त्यसपछि प्रचण्डले नवराज सिलवाल प्रकरणबाट तनाव छ ।

    अहिलेलाई खनाललाई बनाउदै पछि व्यवस्थापन गरौला भन्दै प्रधानमन्त्री ओलीलाई सहमत गराए पछि अनिच्छाका बीच खनालले प्रहरी संगठनको नेतृत्व गर्ने महाअवसर पाए । प्रधानमन्त्रीको अनिच्छाकै बीच आएका कारण गत वर्ष २०७४ चैत्र २७ गते बसेको मन्त्री परिषद्को दोस्रो पटकको बैठकबाट महानिरीक्षक बनेका खनालले राज्यकै प्रमुख कार्यकारी प्रधानमन्त्री ओली संग साढे आठ महिना बित्दा समेत एक्लै भेट गर्न पाएका छैनन् ।

    सरकार र सिङ्गो नेकपा आफूप्रति सकारात्क नरहेको बुझेपछि काठमाडौं छोड्नु अघि प्रहरी मुख्यालय नक्शालबाट हतारहतार पत्रकार सम्मेलन समेत गरेका थिए । त्यस वखत आईजीपी खनालले पत्रकारले उठाएका महंगो गाडी आफूले घर लान खरीद नगरेको हाल संगठनकै प्रयोजनका लागि ल्याईएको जस्ता अस्वभाविक जवाफ दिएका थिए । त्यस्ता जवाफ उनले प्रतिक्रिया स्वरुप दिएको स्रोतको दावी छ । निर्मला पन्त प्रकरणले अहिले सरकारको जताततै बेइज्यत भईरहेको छ । मुलुकमा मात्र होईन अन्तर्राष्ट्रिय क्षेत्रमा समेत यो घटनालाई उछालेर सरकारलाई वदनाम गराउन केही शक्तिहरु लागि रहेका छन् ।

    त्यहीकुरा गम्भीर ढंगले बुझेपछि प्रधानमन्त्री ओलीले अन्र्तराष्ट्रिय विज्ञबाट अनुसन्धान गरेर भएपनि निर्मला प्रकरणको सत्यतथ्य बाहिर ल्याउने प्रतिबद्धता जनाउनु परेको अवस्था छ । प्रहरीले गरेको कमजोरीका कारण सरकारको बेइज्यत भएको प्रधानकन्त्रीले राम्ररी बुझ्नु भएको छ तर, यसै घटनालाई लिएर सिङ्गे प्रहरी संगठनको ‘नुर’ गिराउने पक्षमा प्रधानमन्त्री ओली हुनुहुन्न । प्रहरीको रक्षाकवच बन्दै दोषीलाई उचित कारवाही गर्ने तयारीमा प्रधानमन्त्री रहनु भएको बुझिएको छ ।

    त्यति मात्र होईन, सत्तारुढ नेकपाको स्थायी समितिको पछिल्लो बैठकबाट प्रधानमन्त्री ओली र प्रचण्ड बीचको सम्वन्ध बढेको छ । सरकारका कामलाई सहयोग र समर्थन गर्दै पार्टीमा प्रभाव विस्तार गर्न खोजिरहेका प्रचण्ड खनाललाई बोकेर प्रधानमन्त्रीसंग पौठेजोरी खेल्ने पक्षमा छैनन् । यो सुईको पाएपछि काठमाडौं फर्के लगतै मंगलवार साँझ आईजीपी खनालले उर्जा मन्त्री बर्षमान पुनलाई भेटेका छन् ।

    प्रतिक्रिया
    थप समाचार