Online Nepal आइतबार, जेष्ठ ६ २०८१
सर्वोच्च अदालत

चार महिनामा २ न्यायधीश

चार महिनामा २ न्यायधीश


लाल बहादुर विक
  • शुक्रबार, पुष २० २०७५

  • काठमाडौं । हरेक नौ महिनामा प्रधानमन्त्री पाउने नेपाले अहिले प्रधानन्याधीश फेर्न थालेको छ । ६७ वर्ष लामो ईतिहास बोकेको सर्वोच्च अदालतले पछिल्लो ४ महिनामा २ प्रधानन्याधीश पाएको छ ।

    प्रधानन्यायधीश महिनै पिच्छे फेर्न अदालतकै कारण हजारौ मुद्दाहरु भने ओझेलमा पर्ने गरेका छन् । एउटै मुद्दा फैसला हुन वर्षौ लाग्ने गर्छ । तर, यहाँ महिनै पिच्छे प्रधानन्याधीश फरिने चलन चल्तिले अदालतमा परेका मुद्दाहरु भने यत्तिकै ठप्प हुने गरेका छन् ।

    चार महिने जिम्मेवारी पाएका ओम प्रकाश मिश्रले मंगलबार अवकाश पाएपछि उक्त पदमा चोलेन्द्र शमशेर जवरा आएका छन् । नेपाल र नेपालीको हक हितको संरक्षण गर्दै आएको सर्वोच्च अदालत विसं. २००८ साल सम्म प्रधान न्यायालय थियो ।

    सोहि बेलामा यसलाई खारेज गरेर सर्वोच्च अदालत बनाईएको थियो । विगत देखी नै नेपाली जनतालाई अधिकार तथा न्यायको हिसाबले उत्कृष्ट मानिदै आएको थियो ।

    सर्वोच्च अदालत खास गरेर नेपालमा गण्तन्त्र आएपछि विवादमा तानिदै आएको छ । यानकी २०६२ सालदेखी विभिन्न विवादमा परिहेको छ ।

    यो भन्दा पहिले प्रधानन्यायधीशहरुलाई ठुला मुद्दा फैसला गरेका कारण चर्चामा आएको पाईन्थ्यो । तर, पछिल्लो समयका प्रधानन्यायधीशहरु भने खुस लेनदेन, राजनितीक घटना जस्ता विभिन्न घटनाहरुमा तानिदै आएका छन् ।

    प्रतिक्रिया
    थप समाचार