Online Nepal आइतबार, जेष्ठ ६ २०८१

सतुङ्गलमा आगलागी, रातैभरी भागाभाग

सतुङ्गलमा आगलागी, रातैभरी भागाभाग


मध्यान्तर
  • शुक्रबार, पुष २० २०७५

  • काठमाडौं । सतुङ्गलमा आगालगी हुँदा स्थानीय तथा कामदारहरुको रातै भरी भागभाग चलेको छ । चन्द्रागिरि नगरपालिका–१६ मा सतुङ्गलमा बिहीबार साँझ ७ बजेको समयमा आगलागी भएको हो ।

    आगलागी दीपक कपास उद्योगबाट शुरु भएको हा । सोहि नजिकै रहेको आनन्द ट्रेड कन्सर्नमा पनि आगा सल्किएपछि त्यहाँ भएको रसायनका कारण आगोले ठूलो रूप लिएको थियो।
    साँझ सुरु भएको आलागी आज विहान ४ बजेको समयमा नियन्त्रणमा लिइएको छ। आगो नेपाली, सेना, सशस्त्र प्रहरीको सहयोगमा आगो नियन्त्रणमा लिइएको हो।

    महानगरी प्रहरी वृत्त थानकोटका अनुसार उक्त आगलागीबाट मानवीय क्षति नभएको र क्षतिको विवरण आउन बाँकी रहेको जानकारी दिए। काठमाडौं उपत्यकाका दमकलका साथै खानेपानीका ट्याङ्करसमेत आगो नियन्त्रणका लागि प्रयोग गरिएका थिए।

    प्रतिक्रिया
    थप समाचार