Online Nepal आइतबार, जेष्ठ ६ २०८१

बालविवाह गर्नेएक भारतियलाई कैद र जरिवाना

बालविवाह गर्नेएक भारतियलाई कैद र जरिवाना


मध्यान्तर
  • शुक्रबार, पुष २० २०७५

  • काठमाडौं । नेपालको एक अदालतले बालविवाह गरेको आरोपमा एक जना भारतियलाई कैद र सजाए सुनाएको छ । सजाए पाउनेमा भारत विहार राज्य स्थीत मधुबनी जिल्लाको न्यौरग्राम पञ्चायतका स्थाई बासिन्दा रहेका २३ वर्षीय नसरुल भनिने निसरुल मियाँ रहेका छन् ।

    अदालतले उनलाई एक वर्ष कैद र पाँच हजार जरिवानाको फैसला सुनाएको छ । उनले शम्भुनाथ नगरपालिका–१२ की १६ वर्षीया गुलसन खातुनसँग बालविवाह गर्ने गरेको आरोपमा सप्तरी जिल्ला अदालतले उनलाई सो सजाय दिएको श्रेस्तेदार दिलकुमार बर्देवाले जानकारी दिए।

    भारतीय प्रहरीको सहयोगमा २०७५ वैशाख ३० गते पक्राउ परेका मियाँ जिल्ला अदालतको आदेशमा गत जेठ २३ गतेदेखि पुर्पक्षका लागि राजविराज कारागारमा थुनामा छन्। आरोपीले छिमेकी मुलुक भारतमा पुर्‍याएर २०७४ चैत २८ गते बालविवाह गरेको भन्दै बालिकाका तर्फबाट बिजली मियाँले जिल्ला प्रहरी कार्यालयमा उजुरी गरेकी थिइन्।

    प्रतिक्रिया
    थप समाचार