Online Nepal आइतबार, जेष्ठ ६ २०८१

जिल्ला अस्पताल ईलामलाई प्रभु बैंकको आर्थिक सहयोग

जिल्ला अस्पताल ईलामलाई प्रभु बैंकको आर्थिक सहयोग


मध्यान्तर
  • बुधबार, पुष २२ २०७७

  • काठमाडौं । प्रभु बैंकको ईलाम शाखा कार्यालयले आफ्ना संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत जिल्ला अस्पताल ईलामलाई सफा खानेपानी प्रयोगमा ल्याउने प्रयोजनका लागि एरो प्लाण्ट खरीद गरी जडान गर्नको लागि रु. ५,००,०००।– (पाँच लाख रुपैयाँ) आर्थिक सहयोग उपलब्ध गराएको छ । आइतबार एक समारोहका विच प्रभु बैंक लि. ईलाम शाखा कार्यालयका शाखा प्रबन्धक श्री रोशन संग्रौलाले ईलाम जिल्ला अस्पताल ईलामका मे.सु. डा. प्रभु शाहलाई एक औपचारिक कार्यक्रममा आर्थिक सहयोग स्वरुप रु. ५,००,०००।– (पाँच लाख रुपैयाँ) सहयोग गरेको  हो ।

    पभु बैंक लि. को आर्थिक सहयोगमा ईलाम जिल्ला अस्पतालमा जडान हुने एरो प्लाण्टबाट उक्त अस्पतलामा व्यवस्थित रुपमा सफा खानेपानी वितरण भई अस्पतालमा आउने विरामी तथा सेवाग्राहीहरुले सफा खानेपानी प्रयोग गर्न पाउने छन् भन्ने  बैंकले विश्वास लिएको छ ।

     

    प्रतिक्रिया
    थप समाचार