Online Nepal मंगलबार, जेष्ठ ८ २०८१

दुईथान अबैध भरुवा बन्दुकसहित एकजना पक्राउ

दुईथान अबैध भरुवा बन्दुकसहित एकजना पक्राउ


मध्यान्तर
  • बुधबार, पुष २५ २०७५

  • काठमाडौं । भोजपुरमा २ थान बन्दुक सहित एक जना पक्राउ परेका छन् । उनलाई जिल्लाको दक्षिणी रामप्रसाद राई गाउँपालिका–८ बासीखोरामा भरुवा बन्दुकसहित पक्राउ गरेको हो ।

    विशेष सुराकीको आधारमा २ थान भरुवा बन्दुकसहित त्यही ठाउँ बस्ने ३१ वर्षीय प्रविण राई पक्राउ परेका छन् । सादा पोसाकमा खटिएको संयुक्त प्रहरीको टोलीले राईको घरमा खानतलासी गर्ने क्रममा भरुवा बन्दुक फेला परेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाइएको छ ।

    राईको घरमा खानतलासी गर्ने क्रममा घरमा लुकाइ राखेको भरुवा बन्दुक एक थान र कटुवा पेस्तोल एक थान बरामद गरिएको हो । पक्राउपछि राईलाई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    प्रतिक्रिया
    थप समाचार