Online Nepal शुक्रबार, बैशाख २१ २०८१

भुक्तानी सेवा प्रदायक कम्पनी ‘ई-सेवा’ ११ वर्ष पूरा

भुक्तानी सेवा प्रदायक कम्पनी ‘ई-सेवा’ ११ वर्ष पूरा


मध्यान्तर
  • सोमबार, माघ १२ २०७७

  • काठमाडौं । नेपालको पहिलो भुक्तानी सेवा प्रदायक कम्पनी ‘ई-सेवा’ स्थापनाको ११ वर्ष पूरा भएको छ । ई-सेवा सोमबारबाट १२औं वर्षमा प्रवेश गरेको हो ।

    नगदरहित अर्थतन्त्रको परिकल्पना गर्दै सन् २००९ मा बेटा भर्सन रिलिज गरी २०१० जनवरी २५ बाट सेवा सुरु गरेको ई–सेवा अहिले देशव्यापी सञ्जाल बनाउँदै आर्थिक कारोबारको महत्त्वपूर्ण माध्यम बनेको छ ।

    मोबाइल तथा इन्टरनेटको माध्यमबाट भुक्तानी गर्न सकिने सेवा दिएको ई-सेवामा प्रत्यक्ष रूपमा खाता खोल्नेको संख्या ४० लाख नाघेको छ । यसैगरी अप्रत्यक्ष रूपमा करिब एक करोड ५० लाख जनसंख्याले ई-सेवामार्फत सेवा लिइरहेका छन् ।

    प्रतिक्रिया
    थप समाचार