Online Nepal मंगलबार, बैशाख १८ २०८१

संचालकसंँगको विवादका कारण सनराइज बैंकका सिइओको राजीनामा

संचालकसंँगको विवादका कारण सनराइज बैंकका सिइओको राजीनामा


मध्यान्तर
  • मंगलबार, माघ २७ २०७७

  • काठमाडौं । सनराइज बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) जनक शर्मा पौड्यालले राजीनामा दिएका छन् । लामो समय बैंक सञ्चालकसंँगको आन्तरिक विवादका कारण सीईओ पौड्यालले मंगलबार सञ्चालक समितिका अध्यक्ष समक्ष राजीनामा बुझाएका हुन्  ।

    उनको राजीनामा मंगलबार नै स्वीकृत गर्ने बैंक सञ्चालक समितिको तयारी रहेको छ । एक वर्ष अघि बैंकमा निकै ठूलो बिवाद सिर्जना भएको थियो । बैंकको बिवाद नेपाल राष्ट्र बैंकसम्म पुगेको थियो । राष्ट्र बैंकमा भएको छलफल पछि मत्थर देखिएको बिवाद  सुल्झिएको थिएन  ।
    २ वर्ष कार्यकाल अझै बाँकी रहेका कारण उनले बाँकी समयको सेवा सुविधा समेत पाउने गरी राजीनामा दिएका हुन् ।

     

    प्रतिक्रिया
    थप समाचार