Online Nepal आइतबार, जेष्ठ ६ २०८१

कुमारी बैंकको वार्षिकोत्सवको अवसरमा सामाजिक कार्य

कुमारी बैंकको वार्षिकोत्सवको अवसरमा सामाजिक कार्य


मध्यान्तर
  • बिहिबार, चैत्र २६ २०७७

  • काठमाडौं । कुमारी बैंकले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा विभिन्न सामाजिक कार्य गरेको छ ।
    बैंकले आफ्नो प्रदेश नम्बर–२ मा रहेका १५ वटै शाखाहरुबाट मन्दिर तथा स्थानीय परिसर सरसफाइ तथा हरियाली संरक्षण कार्यक्रमहरु सम्पन्न गरेको छ । सरसफाइसँगै डस्बिन, मास्क र स्यानिटाइजर वितरण तथा वृक्षरोपण गरेकोे पनि बैंकले जनाएको छ । बैंकले १९२ शाखा सञ्जाल, १६२ एटीएम, २५ शाखारहित बैंकिङ इकाइ तथा १३ एक्सटेनसन काउन्टरबाट अत्याधुनिक बैंकिङ सुविधाहरु दिँदै आएकोे जनाएको छ ।

    प्रतिक्रिया
    थप समाचार