Online Nepal मंगलबार, बैशाख १८ २०८१

यूनाइटेड इन्स्योरेन्स कम्पनीमा पहिलो महिला प्रमुख कार्यकारी अधिकृत नियुक्ति

यूनाइटेड इन्स्योरेन्स कम्पनीमा पहिलो महिला प्रमुख कार्यकारी अधिकृत नियुक्ति


मध्यान्तर
  • आइतबार, बैशाख १९ २०७८

  • काठमाडौँ । यूनाइटेड इन्स्योरेन्स कम्पनी (नेपाल) लि. को प्रमुख कार्यकारी अधिकृत पदमा आगामी चार वर्षका लागी श्री उपासना पौडेललाई नियुक्त गरिएको छ । उनको नियुक्ति संगै उनि  बिमा क्षेत्रको प्रथम महिला प्रमुख कार्यकारी अधिकृत भएकी छिन्  भने अर्को तर्फ हाल सम्मकै कम उमेर अर्थात ३४ वर्षको उमेरमा उक्त गरिमामय पदमा बहाल हुन सफल हुनुभएको छ । विगत एक दशक भन्दा बढि कार्यानुभव भएकोतथा छिमेकी मुलुक भारतको श्री दिल्ली विश्वविद्यालयको Faculty of Management Studies (FMS) बाट एम.बि.ए सम्मको अध्ययन पुरा गनु भएको उहाँलेभारतमा नै बीमा व्यवसयाको क्षेत्रमा प्रवेश गर्नु भएकोहो । उनि यूनाइटेड इन्स्योरेन्स कम्पनी (नेपाल) लि. मा निमित्त प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्य गर्दै आएकी थिईन्। उनकोकार्य सम्पादन प्रति सन्तुष्ट कम्पनीले उनलाई प्रमुख कार्यकारी
    अधिकृत पदमा नियुक्त गरेको हो। कम्पनीको प्रगति सन्तुष्ट ग्राहक तथा दक्ष जनशक्तिबाट संभव हुने कुरामा विश्वास लिने उहाँ कर्मचारीका Team Work लाई विशेष ध्यान दिनुहुन्छ । उनको आगमन संगै कम्पनी निरन्तर अगाडि बढिरहेको अवस्थामा उनको प्रमुख कार्यकारी अधिकृतको रुपमा नियुक्ती संगै थप उचाईमा पुग्ने कुरामा विश्वास लिन सकिन्छ ।

    प्रतिक्रिया
    थप समाचार