Online Nepal बुधबार, बैशाख १२ २०८१

प्रबासी नेपालीहरूको पहलमा ‘ अन्तराष्ट्रीय नेपाली यूबा उधमी संघ’ गठन

प्रबासी नेपालीहरूको पहलमा ‘ अन्तराष्ट्रीय नेपाली यूबा उधमी संघ’ गठन


मध्यान्तर
  • शनिबार, जेष्ठ २९ २०७८

  • काठमाडौं  । कर्मथलो प्रबास बनाएका उत्साही, जांगरिला र आ- आफ्नो क्षेत्रका दक्ष प्रबासी यूबाहरू अब एउटै छानामुनी आबद्द हुने भएका छन । यी यूबाहरूको यस्तो आबद्दता र एक जुटता सांच्चै नै नेपाल र नेपालीहरूका लागि फलदायी हुने निश्चित देखिएको छ। बिश्वभरी छरिएर रहेका नेपाली युबा ब्यबसायीहरूको छाता संगठन ‘अन्तर्राष्ट्रीय नेपाली युवा उधमी संघ’ अर्थात फेडेरेशन अफ इन्टरनेशनल नेपाली यूथ इन्टरपेनियर्स (अफआइएनइ )गठन भएको हो ।

    संघको गठनका बारेमा अष्ट्रेलियाका यूबा ब्यबसायी स्तन्त्रप्रताप शाहले भने -‘ संघको मुख्य उदेश्य बिश्व भरि रहनु भएका नेपाली युवा ब्यबसायी साथीहरुबीच चिनजान,एक अर्का बिच ब्यबसायी सोचहरूको आदान प्रदान्, युवा साथीहरुलाई ब्यबसाय गर्ने हौशला र सहयोग प्रदान गर्नु हो -‘ ।
    शाहले संघले विदेशमा ब्यबसाय गर्ने युवासाथीहरु नेपालमा ब्यबसाय गर्ने युवासाथी हरु बीच पूल को काम गर्ने जानकारी दिएका छन । उनले अगाडि भने -‘ क्षमता र प्रतिभा भएकालाई प्रोत्साहन गर्ने र कस्तो ब्यापार ब्याबसायमा लगानी गर्दा राम्रो हुन्छ भन्ने जानकारी र सोचलाई पनि संघले लगानीको रूपमा पुलको काम गर्ने छ -‘ ।

    कुनै देशमा रहनु भएका प्रबासी नेपालीसंग ब्यवसाय गर्ने सोच र पैसा हुन सक्छ तर उपाय नहुन सक्छ । नेपाल वा अर्को कुनै ठाउँमा भएको साथीसंग ब्यवसायको उपाय र पैसा नहुन सक्छ । स्वदेश र बिदेशमा रहनु हुने नेपालीहरूलाई एउटै थलोमा जोड्ने पूल को काम संघले गर्ने कुरा शाहले बताए ।

    ब्याबसायिक रूपमा सफलताका साथ अगाडि बढेका ब्यक्तित्वबाट सिक्ने र उनिहरूबाट प्रोत्साहन मिल्ने बाताबरणको सृजना गर्न संघ अगाडि बढ्ने कुरा बताइएको छ । संघले ब्यापार ब्याबसाय गर्ने सोच बनाएका प्रबासी नेपाली यूबाहरूलाई प्रोत्साहन गर्दै चाहिने जानकारीको लागि माध्यम उपलब्ध गराउने भएको छ । संघको बारेमा बिस्तृत जानकारी चांडैनै बिशेष कार्यक्रमको आयोजना गरेर उपलब्ध गराईने कुरा बताइएको छ । संघले बिदेशमा नाम र चर्चा कमाएका ब्याबसायी र नेपालमा रहेका ब्याबसायीहरूलाई जमघट गराएर चांडै नै नेपालमा एक बृहत कार्यक्रमको आयोजना गर्ने तयारी गरेको छ -‘ हामी यो कार्यक्रममा प्रोत्साहन र हौशला प्रदान गर्न बिभिन्न पेशा र क्षेत्रका यूबा ब्याबसायीहरूका लागि उत्साह प्रदान हुने कार्यक्रम र प्याकेजको घोषणा गर्ने छौं -‘ अष्ट्रेलियाका यूबा ब्याबसायी स्वतन्त्रप्रताप शाहले जानकारी दिए ।

    यसैबीच संघसंग आबद्द भएर यो सन्जालमा जोडीन यतिबेला प्रबासमा रहनु हुने यूबा ब्याबसायीहरूको संख्या बढ्न थालेको छ । संघमा अष्ट्रेलियाबाट स्वतन्त्रप्रताप शाह ,डिला खरेल,समिम अनबर,बिजय पल र एसी सुजन छन भने जापानबाट आशिष रावल,सुजन जोशी ,अकेन्द्र थापा,श्याम खड्का,र रिहिन्द्र गिरी रहेका छन । यसैगरी संघमा अमेरिकाबाट प्रकाश थापा,अफ़्रीकाबाट रोशन थापा,चाईनाबाट प्रदीप न्यौपाने,ओम ज्ञवाली,बेलायतबाट मनिषा डंगोल श्रेष्ठ र मिडिलिष्टबाट कुमार कार्की जोडिएका छन ।
    – राजन घिमिरे

    प्रतिक्रिया
    थप समाचार