Online Nepal मंगलबार, बैशाख ११ २०८१

त्यसकारण अष्ट्रेलियाको ताजमनियामा लोकेनको चर्चा

त्यसकारण अष्ट्रेलियाको ताजमनियामा लोकेनको चर्चा


मध्यान्तर
  • बिहिबार, असार १७ २०७८

  • समुदाएको हितका लागि अनि कुनै पनि सामाजिक कार्यका लागि हात बढाउंनु पर्यो भने पछाडि हट्दैनन लोकेन बिष्ट । त्यसैले अष्ट्रेलियाको सिड्नीदेखी ताजमनियासम्म उनको नाम र प्रशंसा राम्रै हुने गरेको छ । स्थानीय नेपाली समुदायका लागि आफूले निभाएको भूमिका र दिएको योगदानको बारेमा उनले चर्चाको लालच पनि देखाएनन्-‘ म नाम र चर्चाको लागि होइन मनमा आनन्द र साथ पाउनेले दिने स्याबासीको निमित्त लागि पर्दै आइरहेको छु । ‘ मेरो सानो सहयोग र साथले कसैको मन हांस्छ भने त्यो नै मेरो लागि सबै भन्दा ठूलो कुरा हो -‘? लोकेनको भनाई छ ।

    लोकेन अष्ट्रेलिया पुगेको लगभग ७ बर्ष पुगेको छ । पाँच बर्ष सिड्नी बसेका उनि अहिले दुई बर्षदेखी ताजमनियामा बस्दै आइरहेका छन । ताजमनियाको यो छोटो बसाईमा नै लोकेनले स्थानीय नेपाली समुदायमा राम्रै काम गरेका कारण वाहवाही पनि हात पारिरहेका छन । स्थानिय नेपाली फूटबल टिमदेखी सुदुर पश्चिम समाज अष्ट्रेलियामा लोकेनले निभाएको सामाजिक भूमिकाको चर्चा हुने गरेको छ । नेपाल रहंदा पनि ब्याबसाय र सामाजिक कृयाकलापमा सक्रिय लोकेनले आफ्नो जन्मभूमिलाई समस्या पर्दा प्रबासबाटै साथ र सहयोग गर्दै आइरहेका पनि छन । भूकम्प जांदा होस या कोभिडको मारामारीमा ने किन नहोस,नेपाल र नेपालीलाई साथ र सहयोग गर्न उनि पछाडि हटेका छैनन् । अष्ट्रेलियामा पनि नेपालीहरूलाई परेको समस्याका बारेमा राम्रो जानकारी पाएका लोकेनले आफ्नो तर्फबाट हुने सहयोग र साथ निभाउन कुनै लोभ गरेका छैनन् । सामाजिक कार्यसंगै शिक्षा क्षेत्रमा पनि सक्रिय लोकेन हाल जर्नी टु अष्ट्रेलिया नामक ऐजुकेसन कन्सल्टेन्सी मार्फत आफ्नो यात्रालाई अगाडि बढाइरहेका छन ।
    यसरी बिभिन्न क्षेत्र र बिधालाई आत्मसात गर्दै अगाडि बढेका लोकेन बिष्ट अब प्रत्यक्ष रूपमा गैह् आबासीय नेपाली संघ अष्ट्रेलिया मार्फत अगाडि बढ्ने सोच र योजनामा लागि परेका छन । नेपाल रहंदा पनि मानबअधिकार क्षेत्रमा लागि परेका लोकेनले जुलाईमा हुन लागेको गैह् आबासीय नेपाली संघ अष्ट्रेलियाको ताजमनिया राज्य समितीको सचिब पदमा उम्मेदवारी दिएका छन । बिशुद्द रूपमा सामाजिक कार्यलाई बृहत र बिस्तार गर्ने उद्देश्यले उम्मेदवारी दिएका लोकेनको यो उम्मेदवारीलाई ताजमनियामा रहनु भएका नेपालीहरूले पनि साथ र समर्थन दिने बताएका छन ।

    ताजमनिया राज्य समितीको सचिब पदका उम्मेदवार बिष्ट आफू संघमा आउना साथ नेपाली समूदाएको हक़ र हितको पक्षमा काम गर्ने कुरा बताउछन । समुदायको हक़ र हितका लागि अष्ट्रेलियन सरकारबाट प्राप्त हुन सक्ने अनुदानका लागि बिज्ञहरू सहितको बृहत कमिटी गठन गरिनेदेखी अष्ट्रेलियामा हुर्कंदै गरेको दोस्रो पुस्तालाई भाबनात्मक रूपमा नेपाल र नेपालीसंग जोड्नका लागि बृहत सम्मेलनको आयोजना गरेर अगाडि बढ्ने उनको योजनामा छ । यति मात्र होइन, उच्च शिक्षा हांसिल गर्न अष्ट्रेलिया भित्रिएका नेपाली बिध्यार्थीहरूलाई प्रबासमा पर्न सक्ने बिभिन्न समस्या र यसको समाधानका लागि नयां कार्यदिशा अबलम्बन गर्ने योजना बनाएका छन लोकेनले । नेपाली समाजमा बढ्दै गएको घरेलु हिंसा र दुर्ब्यसनीले निम्त्याएका बिबिध समस्याका बारेमा गहिरो अध्ययन गरेर कल्याणकारी कार्यहरूको खाका पनि उनले तयार पारेका छन ।
    ब्यस्त प्रबासी जिबनमा पनि यसरी नेपाली समुदायको हक र हितको पक्षमा वकालत गर्दै नेपाली समुदायको बृहत्तर सकारात्मक सोचलाई अंगीकार गरेर अगाडि बढ्न खोज्नु नै लोकेन बिष्टको बिशेषता मानिएको छ । शालिन, भद्र र असल ब्यक्तित्वको परिचय पाएका बिष्टलाई जिताऊँदा नेपाली समुदायको हित हुने तर्फ पनि ताजमनियामा रहनु हुने नेपालीहरूले जोड दिएका छन ।            राजन घिमिरे

    प्रतिक्रिया
    थप समाचार