Online Nepal बिहिबार, बैशाख ६ २०८१

अष्ट्रेलियाको ताजमनियामा राकेशको उम्मेदवारी किन ?

अष्ट्रेलियाको ताजमनियामा राकेशको उम्मेदवारी किन ?


मध्यान्तर
  • शुक्रबार, असार १८ २०७८

  • नेपाल रहंदा पनि सामाजिक सक्रियता र यूबा जागरणका कार्यक्रमहरूमा राकेश शाक्यले आफूलाई क्रियाशील बनाई नै रहे । मनमा चाह र जिबनमा केही गर्छु भन्ने उद्देश्य भयो भने देश होस या परदेश जहां रहेता पनि त्यो क्षेत्रमा आफ्नो उपस्थिति जनाउन गार्हो नहुने रहेछ भन्ने कुराको गतिलो उदाहरण हुन राकेश शाक्य ।

    राकेश यतिबेला अष्ट्रेलियाको ताजमनियामा बस्छन । सिड्नी तीन बर्ष बसेपछी ताजमनियामा पुगेका राकेशले ताजमनियाको नेपाली समाजमा राम्रै उपस्थिति जनाइरहेका छन । नेपाली समाजमा हुने हरेक कृयाकलाप र सामाजिक सन्देश प्रबाह गरिने कार्यक्रमहरूसंग नजिक भएर उनले निभाएको सक्रियता सांच्चै स्वागत योग्य छ । सन २०१९-२०२१ को उनि गैह् आबासीय नेपाली संघ अष्ट्रेलिया, ताजमनिया राज्य समितिको कोषाध्यक्ष हुन । अब भने राकेशले जुलाईमा हुने गैह् आबासीय नेपाली संघ ताजमनिया राज्य समितिको संयोजक ( कोर्डिनेटर ) पदमा उम्मेदवारी दिने भएका छन । यसका लागि उनलाई साथ र समर्थन पनि मिलेको छ -‘ मानिसलाई बिगतको कार्यशैलीबाट मूल्यांकन गरिनु पर्छ । त्यो समयको कार्यशैली भरपर्दो लागेकै कारण यस पटक पनि संयोजकमा राकेशजीलाई जिताउंनु पर्छ -‘ ताजमनियामा रहनु हुने नेपालीहरूको यस्तो छ धारणा ।

    राकेश पनि जून सोच र उद्देश्यले गैह्र आबासीय नेपाली संघसंग आफू आबद्द भइयो , आफू त्यो उद्देश्यबाट बिचलित नहुने कुरा बताउंछन -‘ मेरो यो बिश्वासमा ताजमनियामा रहनु हुने साथीहरूको साथ छ । यो नै मेरो लागि ठूलो कुरा हो । कोषाध्यक्ष पदमा रहेर मिलेको हौसला र प्रेरणाले नै संयोजक पदमा उठ्ने शाहस मिलेको हो ‘ राकेशले भने ।

    राकेशले प्रबासमा नेपाली समाजसंग नजिक भएर नेपाली समाजको दुख सुखमा साथ मात्र दिएका छैनन् । उनले नेपालबाट नेपाली चलचित्र मगाएर ताजमनियामा प्रदर्शन गरेर नेपाली चलचित्रहरूको प्रबासमा बिस्तार गर्ने कार्य पनि गरेका छन । गीत संगीतकर्मीहरूलाई ताजमनिया निमन्त्रणा गरेर नेपाली सांगितिक कार्यक्रमहरूको आयोजना गरेर स्थानिय नेपालीहरूको प्रबासमा रहेर नेपाली चलचित्र हेर्ने र गीत संगीतमा झुम्न चाहने रहरलाई पनि पुरा गर्दै आएका छन । राकेशको यो बिधाको सक्रियताको पनि तारिफ हुने गरेको छ । राकेशले नेपाल आइडियल, भ्वाईस अफ नेपाल जस्तो चर्चित सागितिक प्रस्तुतिका साथै प्रसाद र बुलबुल लगाएतका नेपाली चलचित्रहरूको ताजमनियामा प्रदर्शन गरेका थिए । यो कार्यलाई उनि आगामी दिनहरूमा पनि निरन्तरता दिने योजनामा छन ।

    ब्यक्ति एक ब्यक्तित्व अनेकका रूपमा अष्ट्रेलियाको ताजमनियामा चिनिएका राकेशको यो उम्मेदवारीले ताजमनियामा रहनु हुने नेपालीहरूमा उत्साह थपिएको छ । उनिहरू भन्छन -‘ सस्थालाई चाहिने र आबश्यक ब्यक्तिले संयोजक पदमा उम्मेदवारी दिनु भएको छ । यस्तो सक्रिय ब्यक्तिलाई जिताउंनै पर्छ ।    राजन घिमिरे

    प्रतिक्रिया
    थप समाचार