Online Nepal शुक्रबार, बैशाख ७ २०८१

अष्ट्रेलियाको ताजमनियामा जगदीशको उम्मेदवारी सही हो त ?

अष्ट्रेलियाको ताजमनियामा जगदीशको उम्मेदवारी सही हो त ?


मध्यान्तर
  • शनिबार, असार १९ २०७८

  • जिबनमा सबैभन्दा ठूलो कुरा त चाह नै हो रहेछ । भनिन्छ नि, जहाँ इच्छा त्यहां उपाय । मनमा केही गर्ने चाह र त्यो चाहनालाई पुरा गर्न अनि त्यसलाई निरन्तरता दिन समय,परिस्थिति , देश वा परदेश केही पनि बाधा हुंदैन रहेछ । चाहिन्छ त त्यो क्षेत्रप्रतिको लगाब र सम्मान अनि माया ।

    यही कुराको गतिला उदाहरण हुन जगदीश खड्का ।नेपाल रहंदा बिशेष गरेर फूटबल खेलमा उनले निभाएको भूमिका र सक्रिएताको आज पनि नेपालमा समय समयमा चर्चा हुने गर्छ । जगदीश अहिले अष्ट्रेलियाको ताजमनियामा बस्छन ।आठ बर्ष सिड्नी बसेपछी बिगत ४ बर्षदेखी ताजमनियामा बस्दै आएका जगदीशले प्रबासमा फूटबल खेलप्रति र यो खेल मार्फत नेपाली समुदायबीच जन्माएको भाईचारा अनि सदभाबको खुलेर प्रशंसा हुने गरेको छ ।

    नेपाल रहंदा भक्तपुर जिल्ला फूटबल संघसंग रहेर दुई बर्ष बिभिन्न प्रतियोगिताहरूमा आफ्नो दह्रो उपस्थिति जनाएका जगदीशले हालका एन्फा उपाध्यक्ष तथा चर्चित नेपाली फूटबल किपर उपेनद्रमान सिंहको समूहमा खेल्दा पनि राम्रै नाम कमाए । सानै उमेरमा नै फूटबलको क्षेत्रमा सक्रिय रूपमा लागि परेका उनले नेपालको त्यो पहिचानलाई प्रबासमा पनि निरन्तरता दिए र दिंदै छन ।

    अष्ट्रेलिया आएपछी द रिक्रिएसनल क्ल्ब मार्फत फूटबल खेलेका उनले फूटबल टिम डांफेमा टिम म्यानेजरको रूपमा आफूलाई आबद्दता गराए । अहिले उनि ताजमनिया होबार्टको खुकुरी फूटबल क्ल्बलाई कोच गरिरहेका छन ।

    फूटबल खेलसंगै सामाजिक कार्य तर्फ पनि उत्तीकै लागि परेका उनि नेपालमा रहेका क्ल्बहरूलाई प्रबासबाटै साथ र सहयोग गर्न पनि पछाडि हटेका छैनन् -‘ जहां गएता पनि आफूलाई चिनाउंने बिधा र क्षेत्रलाई बिर्सन नसकिंदो रहेछ -‘ उनले भने ।

    जर्नी टु अष्ट्रेलिया नामक ऐजुकेसन कन्सल्टेन्सी मार्फत नेपाली बिध्यार्थीहरू माँझ पनि आफ्नो उपस्थिति दर्शाइरहेका जगदीश खड्कालाई सन २०१२ देखी २०१५ सम्म अष्ट्रेलियन सरकारले एशियन फूटबल फेडेरेसन ( ए एफ सी ) अन्तर्गत कम्यूनिटी गेमको बिकास र बिस्तारका लागि आधिकारीक एम्बेष्डरको रूपमा नियुक्त गरेको थियो । सरकारले उनलाई फूटबलमा जगदीशले पुर्याएको योगदान र सक्रिएताको आधारमा आधिकारीक एम्बेष्डर मानेको थियो । अहिले उनि फूटबल फेडेरेसन अफ अष्ट्रेलियाका आधिकारीक कोच हुन ।प्रबासमा यसरी सामाजिक क्षेत्रमा सक्रिय हुंदै समाजलाई जोड्ने पुलका रूपमा काम गर्दै अगाडि बढेका जगदीश अब गैह् आबासीय नेपाली संघ अष्ट्रेलियको ताजमनिया राज्य समितीमा लागि परेका छन । जुलाई ३१ तारेखका दिन हुन लागेको निर्वाचनना जगदीशले ताजमनिया राज्य समितीको उप संयोजक पदमा उम्मेदवारी दिएका छन । उनको यो उम्मेदवारी र सस्थाप्रतिको लगाब हेर्दा जगदीशलाई सफलता मिल्ने देखिन्छ । प्रबासमा रहेर पनि नेपाल, नेपाली र स्थानिय नेपाली समाजमा जगदीशले पुर्याएको योगदान अनि सक्रियताको सांच्चै तातमनियामा रहनु हुने नेपालीहरूले प्रशंसा गरेको पाईएको छ । उप संयोजक जस्तो जिम्मेवारी पदमा खड्काको उम्मेदवारी अनि पद र ब्यक्ति पनि सही भएको कुरा बताइएको छ ।                                         राजन घिमिरे

    प्रतिक्रिया
    थप समाचार