Online Nepal शुक्रबार, बैशाख ७ २०८१

गणेशले किन दिए अष्ट्रेलिया ताजमनियाको कोषाध्यक्ष पदमा उम्मेदवारी

गणेशले किन दिए अष्ट्रेलिया ताजमनियाको कोषाध्यक्ष पदमा उम्मेदवारी


मध्यान्तर
  • सोमबार, असार २१ २०७८

  • राजन घिमिरे
    भनिन्छ नि,शरिर जहां पुगे पनि मन,भाबना र सोच नेपाल र नेपालीहरूप्रति नै घुमीरहंदो रहेछ । यो नेपालीहरूको बिशेषता पनि हो ।यही बिशेषताले पनि नेपालीहरूलाई प्रबासमा नाम, दाम, सम्मान र इज्जत दिइरहेको छ । सामाजिक कार्यका साथै समाजसंग जोडिएका अन्य पाटाहरूलाई पनि संगसंगै लिएर हिड्न सक्ने प्रबासी नेपालीहरूको शैली अपनाऊँदै नेपाली समाजमा आफ्नो दह्रो उपस्थिती दर्शाईरहेका एक प्रबासी नेपाली हुन गणेश घिमिरे ।

    गणेश अहिले अष्ट्रेलियाको ताजमनियामा बस्छन । आजको अबस्थासम्म आइपुग्न गणेशले जिबनमा तिता मिठा थुप्रै पहाडहरू चढेका छन । साउथ कोरियामा तीन र साउदी अरबियामा तीन बर्ष प्रबासी जीबन बिताएपछी अष्ट्रेलिया हानिएका घिमिरे अष्ट्रेलियाको सिड्नीमा तीन बर्ष बसेपछी बिगत ४ बर्षदेखी उनि ताजमनियामा बस्दै आइरहेका छन ।

    यति लामो प्रबासी जिबनको यो यात्रामा गणेशले सामाजिक क्षेत्र र अन्य बिधाहरूमा आफ्नो उपस्थितीमा कमी आउंन दिएनन् । नेपाल रहंदा पनि बिशेष गरेर खेलकुद बिधामा उनले वाहवाही कमाएकै हुन ।नेपालको अन्तर बिध्यालय धावन प्रतियोगितामा थुप्रै अवार्ड र पुरस्कारहरू जितेका गणेशले ताजमनियामा पनि खेलकुद मार्फत नेपाल र स्थानिय नेपाली अनि अष्ट्रेलियन सरकारबीच सम्बन्ध बढाउंने काम गरे । उनको यो कार्य क्षमताको ताजमनियामा रहनु हुने नेपालीहरूले खुलेर प्रशंसा गर्ने गर्नु हुन्छ । यहाँ हुने प्रतियोगिताहरूमा गणेशले आफ्नो सहभागितालाई निरन्तरता दिइरहेका छन ।

    ताजमनियामा रहनु हुने नेपालीहरू माँझ राम्रै प्रशंसा कमाईरहेका गणेश घिमिरेले अब संस्थागत रूपमा नै अझै बृहत रूपमा प्रबासमा नेपाली खेलकुद र नेपाली समाजको पक्षमा हितकर हुने कार्यक्रमहरूरा साथ गैह् आबासीय नेपाली संघ अष्ट्रेलिया राज्य समिती ताजमनियाको कोषाध्यक्ष पदमा उम्मेदवारी दिएका छन । उनले नेप्लिज सोसाईटी अफ ताजमनियामा एक बर्ष कोषाध्यक्ष भएर सस्थालाई उचाईमा पुर्याएका थिए । गणेशले सस्थालाई स्पष्ट र निष्पक्ष रूपमा अगाडि बढाउंन सक्ने क्षमताका कारण नै ताजमनियामा रहनु हुने प्रबासी नेपालीहरूको साथ, जोश र समर्थनले नै यो पदमा उम्मेदवारी दिएको कुरा उनका प्रशंसकहरू बताउंछन -‘ म जे गर्छु सस्थाको हितका लागि गर्छु । बिगतमा पनि सकारात्मक परिणाम दिएकै हो र आगामी दिनमा पनि म रत्तिभर पनि डगमगाउंने छैन -‘ गणेशको प्रतिबद्धता छ ।

    उनि पेशाले ताजमनियाको सरकारी अस्पतालको रजिष्टर्ड नर्स हुन । पेशा पनि माया, साथ र सहयोगी भाबनाको हुनु अनि सस्थाको बारेमा पनि सामाजिक कार्य गर्दै खुलेर लाग्नु , सांच्चै गणेशको तारिफ गर्न योग्य पक्ष मानिएको छ ।                                      राजन घिमिरे

    प्रतिक्रिया
    थप समाचार