Online Nepal शनिबार, जेष्ठ ५ २०८१

एनआरएनए माल्टाको उपाध्यक्षमा भण्डारीको जित सुनिश्चित

एनआरएनए माल्टाको उपाध्यक्षमा भण्डारीको जित सुनिश्चित


मध्यान्तर
  • शनिबार, साउन २ २०७८

  • काठमाडौ । गैरआवासीय नेपाली संघ (एनआरएनए) माल्टाको अगामी कार्यकालको लागी सबिता भण्डारीले उपाध्यक्ष पदमा आफ्नो उम्मेदवारी दिएकी  छन्  ।
    बिगत तीन वर्षदेखि माल्टामा कर्मथलो बनाई बसेकी भण्डारीले नेपालीलाई एक ढिक्का बनाउनुको साथै एनआरएनएका गतिविधीलाई विभिन्न क्षेत्रमा विस्तार गर्दै सबै क्षेत्रमा नेपाली समुदायको मनोभावना बुझेर काम गर्न एनआरएनए माल्टाको उपाध्यक्ष पदमा उम्मेदवारी दिएको  बताएकी छन्  ।

    लामो समयदेखि  माल्टामा काम गर्दै त्यहाँ  रहेका नेपाली हरुको हरेक समस्यालाई समाधान गर्दै सबैको मन मस्तिष्कमा बस्न सफल भएकी भण्डारीको जित सुनिश्चित भएको छ । नेपाली श्रमिक,विद्यार्थी, व्यापारी, र दोस्रो पुस्ताको रुपमा जन्मने भएको  वालवालिकाहरुको हकहितको लागि यहाँको सरकारी र गैरसरकारी संघ–संस्थासँग कुटनैतिक पहल गर्ने प्रतिबद्धता सँगै माल्टावासी नेपालीलाई अमुल्य मतको लागि भण्डारीले अपिल समेत गरेकी छिन् ।

    प्रतिक्रिया
    थप समाचार