Online Nepal शनिबार, जेष्ठ ५ २०८१

एनआरएनए माल्टाको महिला संयोजकमा बबिता अधिकारीको उम्मेदवारी

एनआरएनए माल्टाको महिला संयोजकमा बबिता अधिकारीको उम्मेदवारी


मध्यान्तर
  • आइतबार, साउन ३ २०७८

  • काठमाडौ । गैरआवासीय नेपाली संघ (एनआरएनए) माल्टाको अगामी कार्यकाल २०२१/२३ को लागी बबिता अधिकारीले महिला संयोजक पदमा आफ्नो उम्मेदवारी दिएकी छन् ।
    कास्कि जिल्ला अन्नपूर्ण गाउपालिका-३ पाउदुर कोट स्थायी घर भएकी बबिता अधिकारी बिगत तीन वर्षदेखि माल्टामा आफ्नो कर्मथलो बनाई बसेकी छिन् ।
    उनले नेपालीलाई एक ढिक्का बनाउनुको साथै एनआरएनएका गतिविधीलाई विभिन्न क्षेत्रमा विस्तार गर्दै सबै क्षेत्रमा नेपाली समुदायको मनोभावना बुझेर काम गर्न एनआरएनए माल्टाको महिला संयोजक पदमा उम्मेदवारी दिएको बताएकी छन् ।

    विभिन्न सामाजीक संघ संस्थामा आबद अधिकारीले लामो समयदेखि माल्टामा काम गर्दै त्यहाँ रहेका हरेक नेपाली हरुको समस्यालाई समाधान गर्दै सबैको मन मस्तिष्कमा बस्न सफल भएकी अधिकारीको जित सुनिश्चित माल्टा स्थित नेपालीहरुले बताएका छन् । नेपाली श्रमिक,विद्यार्थी, व्यापारीहरुको, हकहितको लागि यहाँको सरकारी र गैरसरकारी संघ–संस्थासँग कुटनैतिक पहल गर्ने प्रतिबद्धता सँगै माल्टावासी नेपालीहरुलाई अगामी निर्वाचनमा अमुल्य मतको लागि अधिकारीले अपिल समेत गरेकी छिन् ।

     

    प्रतिक्रिया
    थप समाचार