Online Nepal शनिबार, जेष्ठ ५ २०८१

एनआरएनए माल्टाको महासचिवमा आकाश गुरुङको उम्मेदवार

एनआरएनए माल्टाको महासचिवमा आकाश गुरुङको उम्मेदवार


मध्यान्तर
  • आइतबार, साउन ३ २०७८

  • काठमाडौ । भनिन्छ कि, गैह् आबासीय नेपाली संघ सबै तह, तप्का, क्षेत्र,बिधा र पेशामा आबद्द प्रबासी नेपालीहरूको साझा संस्था हो । केही हदसम्म यो मान्यतालाई संघले पुरा गरेता पनि पूर्ण रूपमा भने पुरा गर्न सकेको छैन । तर पनि यो संघसंग आबद्द रहेर पछील्लो समय समाज सेबामा समर्पित हुनेहरूको संख्या बढ्न थालेको छ । त्यसो त, संघको चुनाब आउंदा आकाक्षीहरू बढेको देखिएता पनि संघले सधै उही अनुहार र उपस्थितीलाई भन्दा पनि फरक बिधा, यूबा जोश र आजको आधुनिक समयसंग आत्मसात गरेर यात्रा गरेकाहरूलाई महत्व दिनु पर्ने आबाज नउठेको पनि होइन । यसै क्रममा  गैरआवासीय नेपाली संघ (एनआरएनए) माल्टाको अगामी कार्यकाल २०२१/२३ को लागी चितवनका युवा आकाश गुरुङले महासचिव पदमा आफ्नो उम्मेदवार दिएका छन् ।
    चितवन भरतपुर ६ इन्द्रपुरी स्थायी घर भएका गुरुङ बिगत तीन वर्षदेखि माल्टामा आफ्नो कर्मथलो बनाई बस्दै आएका छन् ।
    गुरुङले नेपालीलाई एक ढिक्का बनाउनुको साथै एनआरएनएका गतिविधीलाई विभिन्न क्षेत्रमा विस्तार गर्दै सबै क्षेत्रमा नेपाली समुदायको मनोभावना बुझेर काम गर्न एनआरएनए माल्टाको महासचिव पदमा उम्मेदवार दिएको बताएका छन् ।

    लामो समयदेखि माल्टामा काम गर्दै आएका आकाश गुरुङले माल्टामा रहेका हरेक नेपाली हरुको समस्यालाई समाधान गर्दै सफल भएका गुरुङको जित सुनिश्चित माल्टा स्थित नेपालीहरुले बताएका छन् । गुरुङले नेपाली श्रमिक,विद्यार्थी, व्यापारीहरुको, हकहितको लागि यहाँको सरकारी र गैरसरकारी संघ–संस्थासँग कुटनैतिक पहल गर्ने प्रतिबद्धता सँगै माल्टावासी नेपालीहरुलाई आगमी निर्वाचनमा अमुल्य मत दिई आफुलाई विजय गर्न अपिल गरेका छन् ।

     

    प्रतिक्रिया
    थप समाचार