Online Nepal शनिबार, जेष्ठ ५ २०८१

अष्ट्रेलियाबाट आइसीसी सदस्य पदमा कार्कीको उम्मेदवारी

अष्ट्रेलियाबाट आइसीसी सदस्य पदमा कार्कीको उम्मेदवारी


मध्यान्तर
  • आइतबार, साउन ३ २०७८

  • काठमाडौँ । भनिन्छ कि, गैह् आबासीय नेपाली संघ सबै तह, तप्का, क्षेत्र,बिधा र पेशामा आबद्द प्रबासी नेपालीहरूको साझा संस्था हो । केही हदसम्म यो मान्यतालाई संघले पुरा गरेता पनि पूर्ण रूपमा भने पुरा गर्न सकेको छैन । तर पनि यो संघसंग आबद्द रहेर पछील्लो समय समाज सेबामा समर्पित हुनेहरूको संख्या बढ्न थालेको छ । त्यसो त, संघको चुनाब आउंदा आकाक्षीहरू बढेको देखिएता पनि संघले सधै उही अनुहार र उपस्थितीलाई भन्दा पनि फरक बिधा, यूबा जोश र आजको आधुनिक समयसंग आत्मसात गरेर यात्रा गरेकाहरूलाई महत्व दिनु पर्ने आबाज नउठेको पनि होइन ।

    यसै क्रममा गैह् आबासीय नेपाली संघ अष्ट्रेलियाको जुलाई ३१ तारेखका दिन हुन लागेको चुनाबमा आइ सी सी सदस्य पदमा उम्मेदवारी दिएका अनन्त ऐलेक्स कार्कीको उम्मेदवारीले संघमा नयां उर्जा थपिएको देखिएको छ । पेशाले इन्जीनियर कार्कीको उम्मेदवारीले आजका यूबाको सोच , जांगर र उद्देश्यलाई प्रतिनिधित्व गर्ने कुरा बताइएको छ ।

    बिगत १८ बर्षदेखी अष्ट्रेलियाको सिड्नीमा रहंदै आएका अनन्त ऐलेकस कार्की अष्ट्रेलियन सरकारको सडक बिभागमा इन्जिनियरको पदमा काम गर्छन । कार्की यो पोष्टमा पुग्ने थोरै नेपालीहरू मध्यमा पर्दछन । सिड्नी सिटी लाइट रेलका इन्जीनियर कार्कीले एनआरएनए ओसिनियाको ग्लोबल कन्फ्रेन्समा इन्टरनेशनल ट्राफ़िक म्यानेज्मेन्ट सिष्टम र रोड सेफ़्टीको बारेमा प्रस्तुत गरेको पेपरले स्यावासी पाएको थियो -‘ बिबिध पेशा र ज्ञान भएकाहरूलाई पनि संघमा ल्याउंनु पर्छ । कार्कीजस्ता ब्यक्तिलाई जिताउंनु पर्छ -‘ अष्ट्रेलियामा रहनु हुने प्रबासी नेपालीहरूको बिचार छ ।

    सन २०१९ मा नेपालमा भएको ग्लोबल चुनाबमा अष्ट्रेलियाको प्रतिनिधित्व गर्न सफल भएका कार्कीको आइसीसी पदको उम्मेदवारीलाई यतिबेला अष्ट्रेलियाबाट साथ र समर्थन जुट्ने देखिएको छ । संघले फरक बिधा र क्षेत्रका ब्यक्ति ब्यक्तित्वहरूलाई पनि संघमा आबद्द हुन आग्रह गर्नु अनि इन्जीनियर अनन्त ऐलेक्स कार्कीको उम्मेदवारी पर्नुलाई स्वागतयोग्य उम्मेदवारको रूपमा लिइएको छ । भनिएको छ कि -‘ कार्कीको उम्मेदवारीले फरक बिधा, पेशा र क्षेत्रमा ख्याति कमाएकाहरूलाई संघप्रति सकारात्मक सन्देश प्रबाह गरेको छ । कार्की जस्ता ब्यक्तिलाई जिताउंन पहल गरौं’‘ ।

    राजन घिमिरे

    प्रतिक्रिया
    थप समाचार