Online Nepal शनिबार, जेष्ठ ५ २०८१

एनआरएनए यूकेको उपाध्यक्षमा ओमन गौचन ‘हेन्सन ‘को उम्मेदवारी

एनआरएनए यूकेको उपाध्यक्षमा ओमन गौचन ‘हेन्सन ‘को उम्मेदवारी


मध्यान्तर
  • सोमबार, साउन ४ २०७८

  • काठमाडौँ । बेलायतमा रहेका लाखौं प्रबासी नेपालीहरूलाई मूल धारमा ल्याएर नेपालमा रहेका नेपाली, बेलायतमा रहेका नेपाली र अन्य प्रबासी नेपालीहरूको हितको पक्षमा लागि पर्ने प्रतिबद्धताका साथ चुनाबमा होमीएका छन ओमन गौचन ‘हेन्सन ‘।

    एनआरएनए यूकेको सन २०२१/२०२३ को लागि उपाध्यक्ष पदमा उम्मेदवारी दिएका ओमन जस्ता यूबा संस्थाको लागि अपरिहार्य भएको आबाज यतिबेला यूकेमा उठेको छ । जसले लाखौं नेपालीहरूका लागि बिबिध सोच र योजना अगाडि बढाउंने उद्देश्य बोकेका छन । ओमनको उद्देश्य मात्र होइन कि यस्ता उद्देश्यलाई कार्यान्वयन गर्ने शैली र कार्यदिशा पनि तयार पारेका छन (‘ कति कुराहरू पुरा गर्न सस्था पनि चाहिन्छ र समूह पनि । एक्लै गर्छु भनेर हुन्न पनि । त्यसकारण मैले गैह्र आबासीय नेपाली संघ यूकेको साथ र भरोसामा अगाडि बढ्ने योजना बनाएको हुं -‘ ओमनले भने ।

    ओमन गौचन ‘ हेन्सन ‘ ले आफू सधै सस्थाको मूल्य र मान्यतालाई शिरोधार्य गरेर अगाडि बढ्ने कुरा बताए । उनले भने -‘ बेलायतमा हाल ११ हजार भन्दा बढी स्नातक ब्रिटिश नेपालीहरू छन । जो बिभिन्न शिर्षकमा करिएर
    निर्माण गरिरहेका छन । यी यूबाहरूको क्षमता दक्षतालाई नेपाल र नेपालीका लागि प्रयोग गर्न सकियो भने सांच्चै सकारात्मक सन्देश प्रबाह गर्न सकिन्छ । म यसमै डटेर लाग्ने छु (‘। प्रबासमा हुर्किएका दोस्रो पुस्तालाई सस्थाप्रति चासो बढाउनु पर्ने आजको आबश्यकता भएको धारणा गौचनको रहेको छ । गौचन बेलायतको नेपाली समाज र बेलायत सरकारबीच आपसी सम्बन्ध बढाएर त्यो सम्बन्धलाई नेपाल र नेपालीको हितमा लगाउनु पर्ने कुरा तर्फ जोड दिएका छन ।

                                         राजन घिमिरे

    प्रतिक्रिया
    थप समाचार