Online Nepal मंगलबार, बैशाख ११ २०८१

आईएमई पे र मल्पी इन्टरनेसनल कलेजबिच सम्झौता

आईएमई पे र मल्पी इन्टरनेसनल कलेजबिच सम्झौता


मध्यान्तर
  • बुधबार, साउन ६ २०७८

  • काठमाडौं । आईएमई पे र मल्पी इन्टरनेसनल कलेजबिच सम्झौता भएको छ । सम्झौता अनुसार आईएमई पे मल्पी इन्टरनेसनल कलेजको डिजिटल पेमेन्ट पार्टनर हुनेछ भने मल्पी इन्टरनेसनल कलेजका विद्यार्थीहरूले आईएमई पेमा इन्टर्नसिपको अवसर पाउनेछन् ।

    सेन्टर फर क्यारियर गाइडेन्स एन्ड पेलेसमेन्टको विशेष पहलमा भएको उक्त समझदारीमा प्रविधि मानवीय जीवनको एक महत्वपुर्ण भाग बन्दै गएको उल्लेख गरिएको छ । धेरै टेक फर्महरूले नेपाली बजारमा आफ्नो छुट्टै पहिचान बनाउन सफल हुँदै आइरहेको सन्दर्भमा फिन टेक कम्पनीहरूले मानवीय जीवनलाई सहज बनाउनका साथै विद्यार्थीहरूको लागि थुप्रै अवसरका ढोकाहरू पनि खोलिदिएका छन् ।
    वित्त र प्रविधिको उत्तम मिश्रणले विश्वभरीका अवरोधहरूको समाधान निकाल्न नयाँ नयाँ रोजगारीका अवसरहरूको पनि सिर्जना गरिरहेका छन् । यूवा पुस्ताको सीप र क्षमतालाई डिजिटल उद्योगको विकास र विस्तारमा कसरी खपत गर्न सकिन्छ भन्ने विषयमा अन्य कलेजहरूसँग पनि क्रमवद्ध रूपमा थप छलफल गर्दै जाने आईएमई पे को योजना रहेको जनाइएको छ

    प्रतिक्रिया
    थप समाचार