Online Nepal आइतबार, बैशाख ३० २०८१

नेपाल उद्योग परिसंघको उपाध्यक्षमा हेमराज ढकाल चयन

नेपाल उद्योग परिसंघको उपाध्यक्षमा हेमराज ढकाल चयन


मध्यान्तर
  • बुधबार, साउन १३ २०७८

  • काठमाडौं । नेपाल उद्योग परिसंघको उपाध्यक्षमा आईएमई ग्रुपका कार्यकारी प्रबन्ध निर्देशक हेमराज ढकाल चयन भएका छन् ।

    परिसंघको १८ औं वार्षिक साधारणसभाबाट ढकाल सर्बसम्मत उपाध्यक्ष पदमा चयन भएका हुन् ।​ परिसंघमा ढकालसहित निर्वाण कुमार चौधरी, कृष्णप्रसाद अधिकारी, राजेशकुमार अग्रवाल, बीरेन्द्रराज पाण्डे, राजबहादुर शाह र रोहित गुप्ता गरी सात जना चयन भएका छन् ।

    साधारणसभाले यसअघि परिसंघको वरिष्ठ उपाध्यक्ष रहेका विष्णुकुमार अग्रवाललाई अध्यक्षमा चयन गरिसकेको छ ।परिसंघको वरिष्ठ उपाध्यक्षमा राजेश अग्रवाल वा निर्वाण चौधरी तीब्र  प्रतिस्पर्धामा छन् ।

     

     

    प्रतिक्रिया
    थप समाचार