Online Nepal शनिबार, बैशाख ८ २०८१

यूबाहरूकै साथमा यूबा उपाध्यक्ष पदमा शाहले गरे उम्मेदवारीको तयारी

यूबाहरूकै साथमा यूबा उपाध्यक्ष पदमा शाहले गरे उम्मेदवारीको तयारी


मध्यान्तर
  • शुक्रबार, साउन २९ २०७८

  • भनिन्छ नि -सर्पको खुट्टा सर्पले देख्छ ।हो,यस्तै सोच,उद्देश्य र गन्तब्य लिएर अगाडि बढेका छन शिक्षा ब्यबसायी , कलाकार तथा सामाजिक अभियन्ता स्वतन्त्रप्रताप शाह ।

    सर्पको खुट्टा सर्पले मात्र देख्छ भने झैं यूबा पुस्तामा देखा पर्ने वा देखा परिरहेका समस्या , उनिहरूको माग अनि त्यसलाई पुरा गर्ने सोच र योजना यूबामा नै बढी हुन्छ । त्यस कारण यो मामिलामा जांगरिला, फुर्तिला र नबिनतम सोच भएका स्वतन्त्र प्रताप शाहले यतिबेला युबाहरूकै सल्साह, साथ र उनिहरूको हौशलाका कारण गैर आबासीय नेपाली संघको सन २०२१-२०२३ को लागि यूबा उपाध्यक्ष पदमा उम्मेदवारी दिने तयारी गरेका छन ।

    बिगतदेखि नै प्रबासमा होस या नेपालमा होस । उनले यूबा लक्षित कार्यक्रम र योजनालाई अगाडि बढाइरहेका छन । त्यसकारण पनि शाहप्रति पछील्लो समय गैह् आबासीय यूबाहरू र संघसंग आबद् ब्यक्तिहरु सकारात्मक नै देखिंदै आएको देखिन्छ । गैर आबासीय नेपाली संघसंग लामो समयदेखी हाते लामो गर्दै आएका उनि तिनपटक त गैह् आबासीय नेपाली संघ अष्ट्रेलियाक़ो उपाध्यक्ष नै भए भने सल्लाहकार रहेर पनि सामाजिक अभियानमा आफूलाई प्रस्तुत गरि रहे ।

    शाहले यूबाहरूको क्षमता, दक्षता र समस्यालाई नजिकबाट नियालेका मात्र छैनन् कि समाधानका बाटा र यूबाहरूको शक्तिलाई सकारात्मक कार्य र देश निर्माणमा लगाउंन सक्ने योजनाहरु पनि बनाएका छन । उनको यी र यस्ता दुरदर्शी योजना र खाकाबाट प्रभावित भएर नै यूबाहरू अहिले उनको उम्मेदवारी दिने योजनाप्रति हौशिएका छन ।
    -राजन घिमिरे

    प्रतिक्रिया
    थप समाचार