Online Nepal बिहिबार, बैशाख ६ २०८१

NRNA को उपाध्यक्ष पदमा धर्मराज अधिकारीको उम्मेदवारी

NRNA को उपाध्यक्ष पदमा धर्मराज अधिकारीको उम्मेदवारी


मध्यान्तर
  • शुक्रबार, साउन २९ २०७८

  • पद वा सही ठाउं पाएर मात्र हुंदैन ।त्यो पद र ठाउंलाई वजनदार तरिकाले प्रस्तुत गरेर वा काम गरेर देखाउंन सकियो भने सबैको वाहवाही पाईन्छ ।कतिले पद र ठाउं पाएता पनि चाल पाउंन र पदको गरिमा बढाउंन सकेनन् ।

    कुरा वा प्रसंग गैर आबासीय नेपाली संघसंग आबद्द उम्मेदवारहरुको हो ।आफूले पाएको र बिश्वास गरेर मतदाताहरूले जिताएको ओशिनिया रिजनल कोर्डिनेटर पदमा बहाल हुंदा धर्मराज अधिकारीले गरेको कार्यको आज पनि गैर आबासीय नेपालीहरू माँझ चर्चा र बहस हुने गरेको छ । त्यस समयमा नेपालमा डायस्पोराबाट गैह्र आबासीय नेपालीहरूलाई निमन्त्रणा गरेर अधिकारीले गरेको कार्य र पदकै गरिमा उच्च हुने गरि निभाएको सक्रियता सांच्चै उदाहरणिय मानिएको थियो ।

    त्यतिबेला भनिएको थियो -‘ संघ- सस्थामा नलागेपछी कि नलाग्नु, लागेपछी मनदेखी नै लाग्नु । जसरी धर्मराज अधिकारी लागेका छन -‘ । बास्तबमै मनदेखी नै गैह् आबासीय नेपाली संघ भनेर लागि परेका सामाजिक अभियन्ता हुन धर्मराज अधिकारी । संघप्रति दत्तचित्त भएर लागि पर्ने यिनै अधिकारी अब गैर आबासीय नेपाली संघको सन २०२१-२०२३ को लागि उपाध्यक्ष पदमा उम्मेदवारी दिने तयारीमा जुटेका छन । आफ्नो बिगतका कार्यशैली र सस्थाप्रतिको ज़िम्मेवारीलाई इमान्दारीताकासाथ निभाउंने ब्यक्तिका रूपमा चिनिएका अधिकारीको यो उम्मेदवारीलाई गैह् आबासीय नेपालीहरूले सकारात्मक रूपमा लिएको पाईएको छ -‘ धर्मजी जस्तो ब्यक्ति संघलाई चाहिन्छ र यस्ता ब्यक्ति संघमा आउनु पर्छ -‘ गैह् आबासीय नेपालीहरूको धारणा छ ।

    गैह् आबासीय नेपाली संघमा २०२१-२०२३ का लागि उपाध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका अधिकारीले अब गैह् आबासीय नेपालाहरू माँझ बिबिध कार्ययोजना , भाबी निति र तय गर्ने कार्यक्रमहरु लिएर आउंने भएका छन ।                                 राजन घिमिरे

    प्रतिक्रिया
    थप समाचार