Online Nepal शनिबार, जेष्ठ ५ २०८१

ओशियाना क्षेत्रीय संयोजकमा सापकोटाले दिए उम्मेदवारी

ओशियाना क्षेत्रीय संयोजकमा सापकोटाले दिए उम्मेदवारी


मध्यान्तर
  • आइतबार, साउन ३१ २०७८

  • लामो समयदेखी प्रबासमा रहेर प्रबासी जिबन बिताईरहेका नेपाली हुन केशबप्रसाद सापकोटा । अष्ट्रेलियाको सिड्नी निबासी सापकोटाले प्रबासी नेपालीहरूको दुख सुखलाई नजिकबाट नियालेका छन । त्यो भन्दा पनि बढी त गैह् आबासीय नेपाली संघसंग उनको नाता र सम्बन्ध पुरानै हो । संघ मार्फत उनले नेपाली समाजको हितका लागि गरेको र गर्दै आएको सहकार्य अनि साथको यात्रा लामै छ ।

    गैह् आबासीय नेपाली संघको बिभिन्न पदमा रहेर सापकोटाले आफ्नो योगदानलाई उच्च बनाउंदै आएका छन । बिभिन्न क्षेत्र र बिधामा सक्रिय यिनै केशबव्रसाद सापकोटाले गैर आबासीय नेपाली संघको २०२१- २०२३ को लागि एन आर एन ओशियाना क्षेत्रीय संयोजक पदमा उम्मेदवारी दिने घोषणा गरेका छन ।

    उम्मेदवारी घोषणा गर्दा सापकोटाले भनेका छन -‘ एन आर एन संगको स्थापना काल देखी नै प्रत्यक्ष र अनवरत संलग्नताका अनुभवहरु सहित नेपाली समुदायको सल्लाह, सुझाव र प्रतिक्रिया अनुसार मैले आसन्न निर्वाचनमा एन आर एन ओसियाना क्षेत्रीय संयोजक को नेतृत्व सम्हालेर अगाडी बड्ने निर्णय गरेको छु -‘ सापकोटा अगाडि भन्छन -‘ एन आर एन को मूलभूत मान्यता अनुरूप यसको उदेश्य ,मिसन, भिजन र एजेण्डाको कार्यान्वयन गराउनु मेरो प्रमुख उद्देश्य रहने छ।छुट्टै नै थप कार्यक्रम र महत्वपूर्ण विवरण सहित प्रस्तुत हुने छु -‘ ।                                            राजन घिमिरे

    प्रतिक्रिया
    थप समाचार