Online Nepal शुक्रबार, बैशाख ७ २०८१

अस्ट्रेलियाको प्राविधिक कलेजलाई तास्मानियामा पनि अनुमति

अस्ट्रेलियाको प्राविधिक कलेजलाई तास्मानियामा पनि अनुमति


मध्यान्तर
  • शनिबार, भाद्र ५ २०७८

  • पछील्लो समय अष्ट्रेलियाका बिभिन्न शहरहरूमा नेपालीहरूको लागानीमा कलेज स्थापना हुने क्रम बढ्न थालेको छ । त्यसोत, नेपालीहरूले सन्चालन गर्ने र गर्दै आएको कलेजले अष्ट्रेलियामा राम्रो प्रभाब छाड्न थालेपछी स्थानिय सरकारले पनि नेपालीहरूको कलेजलाई अन्य शहरहरूमा पनि स्थापना गर्न अनुमति दिन थालेको छ ।

    यसैबीच अष्ट्रेलियाको सिड्नीमा रहेको ‘इन्टरनेशनल इन्स्टिच्युट अफ एजुकेसन’ ले अस्ट्रेलिया तास्मानियाको होबार्टमा पनि नयाँ कलेज सन्चालनको अनुमति पाएको छ ।
    नयाँ कलेजको नाम ‘आइ आइ इ तास्मानिया क्याम्पस’ रहने बताइएको छ ।

    तास्मानिया राज्यको निती र नियमलाई पछ्याऊंदै स्थापना गरिएको यो प्राविधिक विषय एक वर्ष पढेपछि विद्यार्थीलाई भिजाको लागि अझ सहज हुने भएकाले पनि नयाँ प्राविधिक कलेजमा विद्यार्थीको आकर्षण रहने बिश्वास गरिएको छ ।
    उक्त नयाँ कलेजमा हस्पिटालिटी म्यानेजमेन्ट, आइटी, लिडरसिप एण्ड म्यानेजमेन्टमा एड्भान्स डिप्लोमा साथै सामाजिक सेवा, आइटी, लिडरसिप एण्ड म्यानेजमेन्टमा डिप्लोमा र म्यानेजमेन्टमा ग्र्याजुएट डिप्लोमा पढाइ हुने जानतारी तास्मानिया क्याम्पस प्रमुख वसन्त घिमिरेले दिएका छन ।

    स्थापनासंगै अब कलेज सात सय सत्तरी विद्यार्थी क्षमताको भएको छ भने कलेजमा प्राविधिक र व्यावसायिक सीप सम्बन्धि कोर्स भएकोले कलेजको पढाइ जुनसुकै देशमा रोजगार मुलक हुने दावी कलेजका सीईओ सागर लोहनीले गरेका छन ।

    लोहनीले जानकारी दिंदै अगाडि भने -‘ अधिकांश विद्यार्थीको काम र पढाइ बिच सामान्जस्य नभएको सन्दर्भमा यस खाले प्राबिधिक विषय पढेर स्नातक तथा स्नातकोत्तर अध्यन गर्ने विद्यार्थीले काम पाउन सजिलो हुने र आफ्नो पढाइ अनुसारको काम समेत पाउने भएकाले यसखाले कोर्स सुरु गरिएको हो -‘ । सागर लोहनीले कलेज र बिषयको बारेमा थप जानकारी लिन चाहने बिध्यार्थीहरूलाई कलेजमा सम्पर्क राख्न अग्रज समेत गरेका छन ।
    – राजन घिमिरे

    प्रतिक्रिया
    थप समाचार