Online Nepal शनिबार, जेष्ठ ५ २०८१

सचिबमा सुरेन्द्र सिग्देल : सही उम्मेदवार भएको चर्चा

सचिबमा सुरेन्द्र सिग्देल : सही उम्मेदवार भएको चर्चा


मध्यान्तर
  • सोमबार, भाद्र ७ २०७८

  • गैह् आबासीय नेपाली संघको नयां नेतृत्वको लागि निर्वाचन जति नजिंकिंदै छ । त्यति नै बिभिन्न पदका लागि आकांक्षीहरूको उम्मेदवारी पनि आउने क्रम जारी छ । मूलुक र नेपाली समाजका लागि केही गरौं अनि सामाजिक क्षेत्रमा आफ्नो उच्च सहभागिता जनाउंदै आएका एक जना उम्मेदवार हुन सुरेन्द्र सिग्देल । उनले २०२१-२०२३ का लागि केन्द्रीय सचिबमा उम्मेदवारी दिएका छन ।

    लामो समयदेखी अष्ट्रेलियामा रहेर स्थानिय प्रवासी नेपाली, नेपाल र नेपालमा रहेका नेपालीहरूका निम्ति लागि पर्दै आएका सिग्देल गैह् आबासीय नेपाली संघ अष्ट्रेलियाका पूर्ब अध्यक्ष हुन । पद पाएर मात्र हुंदैन , त्यो पद र आफूलाई मतदाताहरूले सुम्पेको कार्यलाई मनदेखी नै पुरा गर्नु पर्छ भन्ने सोच बोकेका सिग्देलले आफू पदमा रहंदा गरेको कार्य र समाजप्रति निभाएको भूमिकाको आज पनि खुलेर तारिफ हुने गरेको छ । पदमा रहंदा मात्र होइन, पद बाहिर रहंदा पनि अष्ट्रेलियामा रहेका गैह् आबासीय नेपालीहरूको हितका लागि लड्दै उनिहरूको समस्यामा साथ दिंदै आएका सिग्देलको सचिब पदको उम्मेदवारीलाई सकारात्मक रूपमा हेरिएको छ ।

    गैह् आबासीय नेपाली संघको आइ सि सी सदस्य भैसकेका सिग्देल संघको मानार्थ सदस्य पनि हुन । धेरै पटक गैर आबासीय नेपाली संघ अष्ट्रेलियाको सदस्य हुंदै प्रवासी नेपालीहरूको समस्यालाई धेरै नजिकबाट बुझेर त्यस्तै समस्याका समाधान तर्फ अग्रसर हुदै आएका सिग्देल गैर आबासीय नेपाली संघ अष्ट्रेलियाका स्थायी संरक्षक हुन ।

    २००५ देखी गैह्र आबासीय नेपालीसंग आबद्द भएर लागि पर्दै आएका छन सुरेन्द्र सिग्देल । अनुभब, यात्रा र भोगाईका कारण पनि यतिबेला सिग्देल सचिब पदका लागि सही उम्मेदवार भएको चर्चा चल्न थालेको छ । उनकै समूहको पहलमा गैर आबासीय नेपाली संघकै इतिहासमा पहिलोपटक अष्ट्रेलियाको चुनाबलाई अन लाईन मार्फ़त सफल बनाउन सिग्देलले निभाएको भूमिकाको यतिबेला गैह् आबासीय नेपालीहरू माँझ राम्रै चर्चा छ । त्यसैले त प्रवासी नेपालीहरू भन्न थालेका छन -‘ २०२१-२०२३ को लागि सचिब पदमा सुरेन्द्र सिग्देल सही उम्मेदवार हुन -‘ ।

    निकै शालिन, भद्र र मिजासिला ब्यक्तिको छबि बनाएका सिग्देल लामो समयदेखी गैह् आबासीय नेपाली संघसंग हातेमालो गर्दै अगाडि बढेका सामाजिक अभियन्ता हुन । उनी भन्छन -‘ मेरो कर्म, संघका लागि मैले गरेको कार्य र दिएको योगदानको बारेमा सबैजना बिज्ञ नै हुनुहुन्छ । यो समाजिक अभियानमा संगै हातेमालो गर्दै अगाडि बढौ भन्ने लक्ष्य र उद्देश्यले नै मैले उम्मेदवारी दिएको हुं -‘ सिग्देलले भने ।

    ऐजेण्डाहरूको बारेमा भने उनको आफ्नै तर्क छ । उनले धेरै ऐजेण्डाहरु देखाउंनु भन्दा पनि दुई बर्षमा गर्न सकिने ऐजेण्डाहरूको बारेमा निर्बाचनमा सफलता हात पारेका सहकर्मीहरू बीच सहकार्य र समझदारीमा अगाडि बढ्ने तर्फ जोड दिएका छन । संगठनको सुदृढ़ीकरण र पारदर्शीतालाई मुख्य मुद्दा बनाएर संगठनप्रति नेपाली र प्रवासी नेपालीहरू माँझ सकारात्मक सन्देश प्रबाह गर्न सक्नु पनि आजको आबश्यकता भएको ठहर सिग्देलको छ । उनले बिदेशमा जाने श्रमिकहरूरो बारेमा पनि बिशेष ध्यान दिनु पर्ने कुरा पनि उठाएका छन ।नेपालमा कृषि तथा पर्यटनको प्रशस्त संभावना भएकाले यी क्षेत्रमा सबैको पहुँच पुग्ने गरि साना तथा मझौला लगानी आकर्षित हुने कार्यक्रम ल्याउंन तर्फ सामूहिक रूपमा पहल गरिनु पर्ने धारणा सुरेन्द्र सिग्देलको रहेको छ ।

    प्रतिक्रिया
    थप समाचार